नवलपुर प्रिमियर लिगः समूह बी बाट बुलिङ्गटार र बौदीकाली सेमीफाइनलमा प्रवेश

0

रामकुमार श्रेष्ठ
कावासोती, १२ कात्तिक । नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीको क्रिकेट मैदानमा जारी नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगितामा समूह बी बाट बुलिङ्गटार र बौदीकाली सेमीफाइनलमा प्रवेश गरेको छ ।
बुलिङ्गटार बुल्स समूह विजेता र बौदीकाली उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।
यस अघि समूह ए बाट विनयी र कावासोती दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।
भालि सेमीफाइनलका खेलहरु हुने छन् । भोलि पहिलो सेमीफाइलन खेल विहान ७ बजेबाट समूह बीका विजेता बुलिङ्गटार बुल्स र समूह ए का विजेता कावासोती मरुन्सबीच हुने आयोजक संस्था राइजिङ्ग स्टार क्रिकेट क्लबका सचिव कमल पौडेलले बताए ।
त्यस्तै दोस्रो खेल समूह ए को विजेता विनयी चेइसर्स र समूह बीको उपविजेता बौदीकाली स्टार्सबीच हुने छ ।
सोमबारको पहिलोमा खेल गैडाकोट वारिअर्स बुलिङ्गटार बुल्ससंग १० रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिंग गरेको गैडाकोटले १८ देशमलब ५ ओभर खेल्दै सबै विकेट गुमाएर ६४ रन जोडेको थियो ।
६५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको बुलिङ्गटारले १८ ओभर खेल्दै पुरै विकेट गुमाएर मात्र ५४ रन जोडेको थियो । अन्तिम खेलमा गैडाकोटसंग हार व्यहोरे पनि ३ खेलमा २ खेल जितेर ४ अंक रहेको बुलिङ्गटार रन रेटको आधारमा समूह विजेता बन्दै सेमीफाइलनमा प्रवेश गरेको हो । गैडाकोटले सेमीफाइनमा प्रवेशका लागि जित्नै पर्ने अवस्था भएपनि रनरेट कम भएका कारण समान दुई खेल जितेर ४ अंक बटुले पनि सेमीफाइलनमा प्रवेश गर्न सकेन ।
त्यस्तै बौदीकाली र मध्यविन्दुबीच भएको अर्को खेलमा बौदीकाली ९३ रनले विजयी भएको छ । टस जितेर पहिले व्याटिङ्ग रोजेको बौदीकालीले २० ओभरको खेलमा १८ दशमलब ५ ओभरमा सबै विकेट गुमाउंदै १ सय ८२ रन जोडेको थियो ।
नवलपुर नवलपुर प्रिमियर लिगमा भएको अहिले सम्मको खेलको यो नै सर्वाधिक रन हो । बौदीकालीका लागि सन्तोष डुम्रेले २५ बलमा ४० रन र सन्देश बस्नेतले ३७ बलमा ४५ रन जोडेका थिए ।
बौदीकाली सेमीफाइलनमा प्रवेशका लागि जित्नै पर्ने अवस्था रहेको थियो । बौदीकालीले जितसंगै फराकिलो अन्तरमा जित हाँसिल गरेकोले समान दुई खेल जित्दै समान ४ अंक रहे पनि रन रेटको आधारमा सेमीफाइलनमा प्रवेश पाएको हो ।
मध्यविन्दु भने ३ खेलमा ३ खेलमै पराजय ब्यहोरेर समूह बी को अन्तिम स्थानमा रहन पुग्यो ।
आज भएको पहिलो खेलमा ४ ओभर बलिङ्ग गर्दै ७ रन दिएर ३ मेडेन सहित ४ विकेट लिने गैडाकोटका आशिस पाण्डे र दोस्रो खेलमा ४ ओभर बलिङ्ग गर्दै १० रन दिएर ५ विकेट लिएका जितेन्द्र शाहनी म्याद अफदि म्याच भएका थिए ।







सम्बन्धित
Loading...