फेसबुकले डिलिट गर्‍याे लाखौँ फलोअर्स भएका अकाउन्ट ?

0

सोसल मिडिया साइट फेसबुकले लाखौँ फलोअर्स भएका केही फेसबुक अकाउन्टहरु डिलिट गरिदिएको छ ।




इरानबाट सञ्चालित ती फेक अकाउन्टहरुमा १० लाखभन्दा धेरै फलोअर्स रहेका बताइएको छ । फलोअर्समध्ये धेरैजसो अमेरिका र बेलायतका थिए ।

एक ब्लग पोष्टमा कम्पनीले फेसबुक र इन्स्टाग्रामबाट ८२ वटा पेज, ग्रुप र अकाउन्टहरुलाई पनि हटाएको छ जसका प्रयोगकर्ताहरुले आफूलाई अमेरिकी वा बेलायती नागरिक भएको दाबी गरेका थिए ।


ती फेसबुकमा रंगभेद सम्बन्धी टिप्पणी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धका लेखलगायतका विभिन्न सामग्रीहरु शेयर गर्ने गरिएको थियो । फेसबुकले हटाएका कूल अकाउन्टको संख्या १० लाखभन्दा धेरै रहेको बताइएको छ ।

ती अकाउन्टहरु इरानबाट चलाइएको फेसबुकको दाबी छ । तर ती अकाउन्टको सम्बन्ध इरान सरकारसँग रहे नरहेको चाहिँ खुलेको छैन । ती अकाउन्टहरु डिलिट गरेको सूचना फेसबुकले विभिन्न अनुसन्धानकर्ताहरु, प्रविधि कम्पनीहरु तथा अमेरिका र बेलायतको सरकारलाई पनि गराएको छ । फेसबुक, ट्वीटर र गुगलले इरानको प्रोपोगान्डा रोक्नका लागि यस्ता कदमहरु बेलाबेलामा चाल्ने गरेको छ ।

– एजेन्सी




सम्बन्धित
Loading...