नवलपुर प्रिमियर लिगः बुलिङ्गटार र बौदीकाली फाइलनमा प्रवेश

0

रामकुमार श्रेष्ठ
कावासोती, १३ कात्तिक ।




नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीको क्रिकेट मैदानमा जारी नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइलनमा बुलिङ्गटार बुल्स र बौदीकाली स्टार्सबीच प्रतिस्पर्धा हुने भएको छ।
समूह बी बाट समूह विजेता र उपविजेता बन्दै सेमीफाइलनमा प्रवेश गरेको बुलिङ्गटार बुल्स र बौदीकाली स्टार्सले मंगलबार भएको सेमीफाइनल खेलमा आफ्ना प्रतिद्वन्दीहरुलाई हराउँदै फाइलनमा प्रवेश गरेको हो । प्रवेश गरेको छ ।
बुलिङ्गटार बुल्स र कावासोतीबीच भएको पहिलो खेलमा बुलिङ्गटार २ विकेटले विजयी भएको छ ।
टस जितेर ब्याटिङ्ग गरेको कावासोतीले २० ओभरको पुरै खेल खेलेर ७ विकेटको क्षतिमा ९३ रन जोडेको थियो ।
९४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको
बुलिङ्गटारले १८ दशमलब २ ओभरमा ८ विकेटका क्षतिमा ९४ रन जोड्दै फाइलनको यात्रा सुनिश्चित गरेको हो ।


६ बलमा १९ रन जोड्दै ४ ओभर ब्याटिङ्ग गर्दा १० रन दिएर ३ विकेट लिने बुलिङ्गटारका अर्जुन गिरी म्याद अफ दि म्याच भएका थिए ।
त्यस्तै अर्को खेलमा विनयी चेइसर्सलाई २० रनले पराजित गर्दै बौदीकाली स्टार्स फाइलनमा प्रवेश गरेको हो ।
विनयीले टस जितेर बौदीकालीलाई ब्याटिङ्गको निम्तो दिएकोमा बौदीकालीले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १२ रन जोडेको थियो ।
१ सय १३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको विनयीले १५ दशमबल ५ ओभरमा सबै विकेट गुमाई जम्मा ९२ रन जोड्न सकेको थियो ।

दोस्रो खेलमा बौदीकालीका सन्तोष डुम्रे म्याद अफ दि म्याच भएका थिए । उनले २४ बलमा ३६ रन जोडेका थिए भने ४ ओभर बलिङ्ग गर्दै १२ रन दिएर १ मेडेन सहित ३ विकेट लिएका थिए ।


बुलिङ्गटार र बौदीकालीबीचको फाइनल खेल कात्तिक १६ गते हुने आयोजक संस्था राइजिङ्ग स्टार क्रिकेट क्लबका सचिव कमल पौडेलले बताए ।
प्रतियोगिता राइजिङ्ग स्टार क्रिकेट क्लबको आयोजनामा भएको हो । प्रतियोगितामा नवलपुर जिल्लामा रहेको ८ स्थानीय तहका ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता लिगको आधारमा खेलाइएको छ । प्रतियोगितामा प्रथम हुनेले ६० हजार र दोस्रो हुनले ४० हजार नगद पुरस्कार पाउने छन् ।




सम्बन्धित
Loading...