सुनवलमा नमुना बर्थिङ्ग सेन्टर संचालन

गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा

0

परासी, २४ असोज । नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै नमुना प्रसुती गृह संचालनमा आएको छ । सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाको वार्ड नम्बर १ वडा कार्यालय भवनको छेउमा नर्मल डेलिभरी गराउनका लागि व्यस्थित र सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर संचालनमा ल्याइएको हो ।




सुनवल नगरपालिकाको आयोजना तथा नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीको अध्यक्षतामा भएको बर्थिङ्ग सेन्टर समुद्दघाटन कार्यक्रममा प्रदेश ५ सरकारको भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सो बर्थिङ्ग सेन्टरको उद्दघाटन गरेका हुन् । मन्त्री चौधरीले बर्थिङ्ग सेन्टरको अवलोकन समेत गरेका थिए । भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उक्त बर्थिङ्ग सेन्टलाई आर्थिक भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सुनवल नगरपालिका भित्रका गर्भवती महिलाहरुले आफनै गाउँपालिकामा सहज वातावरण बच्चा जन्माउन पाउन् भनि उद्देश्यले नगरपालिकाले सो बर्थिङ्ग सेन्टर संचालनमा ल्याएको नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले बताए ।




कार्यक्रममा नगरपालिका प्रमुख भिम बहादुरा थापा, नेकपाका प्रतिनिधि थान प्रसाद गैरे, सहरकारी संघका सभापति विष्णु पौडेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अरुण कुमार महतो, नगरपालिका उप–प्रमुख दधिराम अर्यालल लगायतले उक्त व्यस्थित बर्थिङ्ग सेन्टरको प्रसंशा गर्दै बच्चा जन्माउन गर्भवति महिलाहरुलाई उक्त बर्थिङ्ग सेन्टमा आउन आग्रह गरे ।




सम्बन्धित
Loading...