सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु

0

चितवन, २५ असोज ।




भरतपुरको शिबघाटमा करेन्ट लागेर एक जनाको ज्यान  गएको छ ।  सडक बत्ती जडान गर्ने क्रममा गैडाकोट नगरपालिका वडा नम्बर ८ का २६ वर्षीया भिम पुन मगरको करेन्ट लागेर  ज्यान गएको गैडाकोट नगरपालिका वडा नम्बर ८  का वडाअध्यक्ष डिलाराम रिज्यालले जानकारी दिनुभएको छ ।

आज दिउसो करिब १ बजको समयमा करेन्ट लागेर घाईते भएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।





सम्बन्धित
Loading...