नवलपरासीको सुस्तामा एक युवक बाघको आक्रमणले घाइते

0

श्याम थापा
सुस्ता २७ असोज । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न ३ रेवाका एक युवकलाई बाघको आक्रमणले घाइते बनाएको छ ।
घाइते हुनेमा सुस्ता गाउँपालिका वार्ड न ३ रेवा बस्ने अन्दाजी २५ बर्षको गोपाल बिन रहेका छ्न ।
गोपाल बिनले माछा मार्ने र बिक्री गर्ने उनको दिनचर्या रहेको हुदा सधै जस्तो बिन आज बिहान पनि माछा मार्न जाने क्रममा नारायणी नदिमा गएको बेला बाघले आक्रमण गरेपछि घाइते भएका हुन ।
घाइते बिनको उपचार सहिद स्मृति अस्पताल चौपतामा उपचार भैरहेको सशस्त्र प्रहरी बल नेपाल नवलपरासी पश्चिम बि ओ पि सुस्ताका सशस्त्र प्रहरी निरीक्षक बिष्णु प्रसाद थापा सोमारे मगरले जानकारी दिनु भएको छ ।






सम्बन्धित
Loading...