नवलपरासीकाे छुट्टा छुट्टै दुर्घटनामा दुई जनाकाे मृत्यु

0

शाेभा जिसी

नवलपरासी, २८ असोज ।

नवलपरासीमा अाईतबार भएका सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेमा लु २ त ६६७८ ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा दुई जनाको मृत्यु भएकाे हाे। साेही दुर्घटनामा दुई जना घाइते भएका छन् ।

उक्त ट्याक्टर ज्यामिरे स्थित भित्रि सडक खण्डमा आफै अनियन्त्रित
भई पन्ध्र मिटर तल खोलामा खस्न पुगेकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा परी ट्याक्टर चालक पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका ४ निवासी २६ बर्षीय कर्णविर यादव र विनयी त्रिवेणी गाउँपालिका १ निवासी १४ वर्षीय बालक दुर्गा परियारको घटनास्थलमानै ज्यान गएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेका अनुसार दुर्घटनामा परि प्रतापुर ४ बस्ने १७ बर्षका अर्जुन चौधरी र १६ बर्षका सर्वण कोहार घाइते भएका छन् । घाइते दुवैको चोरमारामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।







सम्बन्धित
Loading...