ad

नारायणी मलको फेन्सी पसलमा शील

0 122

२८ असोज, हेटौंडा । हेटौंडामा रहेको नारायणी मलमा सञ्चालित जिनी एण्ड जोनी ब्राण्डको फेन्सी पसलमा शील गरिएको छ ।


स्थानीय प्रशासन तथा आन्तरिक राजश्व कार्यालयसहितको अनुगमन टोलीले अर्किड ग्लोबल प्रालिद्वारा सञ्चालित पसलमा शील लगाएको हो ।

जिनी एण्ड जोनी ब्राण्डका फेन्सी कपडाहरु अधिकमूल्यमा बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्ने गुनासो तथा बजार अनुगमनसमेत निरन्तरता दिने क्रममा अनुगमन टोलीले नारायणी मलमा सञ्चालित ब्राण्डेड कपडा तथा जुत्ता पसलमा अनुगमन गरेको हो ।




टोलीले नारायणी मलभित्र सञ्चालनमा रहेको फ्युचर ग्रुप अफ कम्पनी र सुपरमार्केटको अनुगमन गरेको हो । अनुगमन टोलीले दर्ता बिना सञ्चलन गरिरहेको र कपडाको खरिद तथा बिक्री खाता र बिल नराखेको भन्दै अर्किड ग्लोबल कम्पनीको पसललाई शिल गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिनयकुमार श्रीवास्तवले बताए ।



सम्बन्धित
Loading...
error: Content is protected !!