नवलपुरका जिल्ला समन्वय अधिकारीे पौडेलकाे विदाई

0

नवलपुुुर, २१ असाेज।




पुर्वी नवलपरासीका जिल्ला समन्वय अधिकारी विजयराज पौडेलको आइतवार एक कार्यक्रमका साथ विदाइ गरिएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला समन्वय समितिको कार्यलयमा उहालाइ विदाइ गरिएको हो ।
जिल्ला समन्वय अधिकारी पौडेल सरुवा भइ काभ्रे पनौती नगरपालिकामा जान लाग्नु भएको जिल्ला समन्वय प्रमुख चेसराम आलेले वताउनु भयो । २०७४ आश्विन ४ गते देखि हाल सम्म कार्यरत रहि जिल्ला समन्वय अधिकारी पौडेल २०७५ आश्विन १० गतेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार यहावाट सरुवा भइ जान लाग्नु भएको हो ।

बिदाइ कार्यक्रममा जिल्ला समन्वय प्रमुख चेसराम आलेको अध्यक्षता एवं प्रदेश सभा सदस्य रोशन वहादुर गाहाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वोल्दै सांसद गाहाले जिल्ला समन्वय समितिको कार्यलय स्थापना भएदेखि हाल सम्म गरेको कार्यको प्रशसा गर्नु भएको थियो । कर्मचारी अभावमा पनि आफैले संर्घष गरि सेवा सुविधामा तल्लिन रहने कुशल नेतृत्वदायि भुभिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गर्नु भएको थियो ।







सम्बन्धित
Loading...