मलेसियामा नेपाली कामदारको माग घट्ने चेतावनी

0

कामदारको आधा महिनाको तलब वैदेशिक रोजगार कम्पनीलाई दिने नयाँ व्यवस्थासहित शून्य लागतमा कामदार पठाउने गरी नेपाल र मलेसियाबीचको प्रस्तावित श्रम सम्झौता विवादको घेरामा परेको छ।




रोजगारदाता कम्पनीलाई आर्थिक बोझ थप्ने काम भए त्यसले नेपाली कामदारको अन्तर्राष्ट्रिय श्रम बजार खुम्चिन सक्नेतर्क वैदेशिक रोजगार व्यवसायीहरूको छ।

‍तर सरकारले भने नयाँ सम्झौताले मलेसियामा रोजगारीको अवसर गुम्ने कुनै सम्भावना नरहने पक्षमा रहेको बिबिसीले जनाएकोछ।


वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार नेपाल र मलेसिया सरकारबीच हुन लागेको नयाँ सम्झौतापछि प्रत्येक नेपाली कामदारको लागि रोजगारदाता कम्पनीले सवा एकदेखि डेढ लाख रुपैयाँसम्म लगानी गर्नुपर्ने हुन्छ।




सम्बन्धित
Loading...