दशैंमा घर फर्कने यात्रु संग बढी भाडा असुली
दशैंमा घर फर्किने यात्रुहरुसँग बढी भाडा लिने गरेको पाइएको छ।
दशैका लागि घर फर्किन लागेका यात्रुसँग बस तथा जीप व्यवसायीले चर्को भाडा लिई ठगिने गरेका छन् ।
भारतबाट झुलाघाट हुँदै घर फर्किने नेपालीसँग जीप व्यवसायीले चर्को भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले व्यक्त गरेका छन् । झुलाघाटदेखि बैतडी सदरमुकामसम्म पुग्दा प्रतिव्यक्ति सय रुपैयाँ र साथमा ल्याएको झोला तथा अन्यसमानको पनि सय रुपैया लिने गरेको गुनासो उनीहरुको छ ।
यसैगरी अत्तरियादेखि बैतडीको भाडा रु। ६०० रहेको छ तर आफूले रु। एक हजार ५० तिरेर आएको बैतडी दशरथचन्द नगरपालिका–४ बुदखोलाका वीरेन्द्र तिरुवाले बताउनुभयो ।
दशैंको बेला यात्रु नठगिउन भनेर प्रहरीले नागरिक सहायता कक्षको स्थापना गरेको भएपनि यात्रुहरुले अनावश्यक भाडा तिर्न बाध्य भएका छन् । भाडा बढी लिएको गुनासो अहिलेसम्म प्रहरीमा नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिनुभयो । त्यस्तो गुनासो आएमा र त्यस्ता बढी भाडा लिने सवारीसाधन सञ्चालकलाई कारवाही गर्ने उहाँले बताउनुभएको छ ।