तीन खानमा कमजोर शाहरुख, यस्तो छ कारण

0

एजेन्सी,




सन् १९९२ मा ‘दीवाना’बाट सुरु भएको थियो बलिउड स्टार शाहरुख खानको क्रेज । आज पनि उनको क्रेज रत्ति घटेको छैन । तर, पछिल्ला केही वर्षदेखि भने शाहरुखका फ्यान उनका फिल्मबाट निराश छन् । आखिर शाहरुखसँग यस्तो के भइरहेको छ, जसले गर्दा इन्डस्ट्रीमा उनको कुर्सी डगमगाउन थालेको छ ।
शाहरुख खानलाई इन्डस्ट्रीमा ‘किंग अफ रोमान्स’ भन्ने गरिन्छ । अवश्य पनि हो, बढ्दो उमेर सँगसँगै यो ट्याग धेरै समय टिक्दैन । एक्सपेरिमेन्ट त गर्नु नै थियो र ‘बादशाह’ खानले पनि गरे । दर्शकलाई लोभ्याउन उनी सुपरहिरो बने, हक्की टीमको कोच, सफ्ट इमेज छाडेर एक्सन र थ्रिलर पनि गरे । तर, उनलाई घाटाभन्दा बाहेक अरु केही हात लागेन ।
२००७ मा आएको ‘चक दे इन्डिया’पछि शाहरुख खान आफ्नो करिअरलाई लिएर कन्फ्यूज छन् कि अब के गर्ने ? यो फिल्ममा उनी महिला हक्की टीमको कोच बनेका थिए । यसमा उनको अपोजिटमा हिरोइन थिएनन् । स्पोर्ट्स फिल्मलाई फेरि जिउँदो बनाउने यो फिल्मपछि शाहरुखले आफ्नो करिअरमा खासै ठूलो सफलता हात पार्न सकेका छैनन् ।
२५ फिल्ममा कति हिट ?  
‘चक दे इन्डिया’ देखि २०१६ मा आएको फिल्म ‘ऐ दिल है मुश्किल’ सम्म उनको नाम करीब २५ फिल्मसँग जोडियो । यसमा आधाभन्दा धेरै फिल्ममा उनको केमियो थियो भने केहीमा उनी निर्माताको रुपमा जोडिए । यस हिसाबले हेर्ने हो भने शाहरुख खान हरेक वर्ष दुई फिल्म गरिरहेका छन् तर मुश्किलले उनका हिट फिल्मको नाम सम्झन गाह्रो छ ।
तर, उनले ‘ओम शान्ति ओम’ जस्ता सुपरहिट फिल्म पनि दिइसकेका छन् । ‘रब ने बना दी जोडी’, ‘माइ नेम इज खान’, ‘रा.वन’, ‘डन २’, ‘जब तक हे जान’, ‘चेन्नई एक्सप्रेस’, ‘ह्याप्पी न्यू ईयर’, ‘दिलवाले’, ‘रईस’, ‘फ्यान’ र ‘जब ह्यारी मिट सेजल’ । हिट फिल्म र बक्स अफिसमा बनेको रेकर्डमा यसमध्ये ‘ह्याप्पी न्यू ईयर’ मात्र यो लिस्टमा सुचिकृत छ ।
जुन फिल्मले बक्स अफिसमा जादू चलाएन, त्यसको एउटा मुख्य कारण कमजोर स्क्रिप्टलाई मानिएको छ । शाहरुखको नाम र फिल्मको जबरजस्त प्रचारका कारण पहिलो विकेन्ड कलेक्सन राम्रो भएपनि त्यसपछि सिनेमा घर खाली हुन थाल्छन् । अहिले शाहरुखका लागि यो सबैभन्दा ठूलो चुनौती बनेको छ ।
तीन खानमा कमजोर शाहरुख
बलिउडमा पछिल्लो दुई दशकदेखि खानको जादू खुब चलेको छ । यदी शाहरुखको तुलना सलमान र आमिरसँग गर्ने हो भने यो स्पष्ट हुन्छ कि अब उनको स्टारडम खतरामा छ । सलमान खान ‘मास लेभल’ का स्टार बनिसकेका छन् । उनका हरेक फिल्मको कमाईले एक नयाँ रेकर्ड बनाउँदै गएका छन् । सिंगल ‘स्कृन’ होस् वा मल्टिप्लेक्स, दुवै स्तरका दर्शकले सलमानका फिल्मलाई निकै रुचाउँदै आएका छन् ।
यस्तै, आमिर पहिलादेखि नै रोजेर मात्र फिल्म गर्दै आइरहेका छन् र जे गर्छन्, त्यसमा दर्शक तुरुन्त फिदा हुन्छन् । उनको फिल्ममा इन्टरटेन्मेन्ट र सामाजिक सन्देश यति हुन्छ कि उनले हरेक वर्गका दर्शकको ध्यान केन्द्रीत गर्न सफल हुन्छन् । ‘दबंग’, ‘सुल्तान’, ‘बजरंगी भाईजान’, ‘पीके’ जस्ता फिल्मको सफलताको सबैभन्दा ठूलो कारण बलियो स्क्रिप्ट नै हो । यदी यस्तो हुँदैन थियो भने सलमान र आमिरले यो सफलता हात पार्न असफल हुने थिए ।
शाहरुखका लागि आफ्नो रोमान्टिक इमेज छाडेर अगाडि बढ्न सजिलो देखिएको छैन । ‘रब ने बना दी जोडी’ र ‘जब तक हे जान’पछि एक्सन भूमिकामा आउनका लागि उनले रोहित शेट्टीसँग मिलेर ‘चेन्नई एक्सप्रेस’ बनाए । तर, रोहितले जसरी गाडी उडाएर अजय देवगनको करिअर बचाएका थिए त्यो शाहरुखको हकमा लागू भएन । बेस्ट फ्रेन्ड फराहका लागि उनले ‘ह्यापी न्यू ईयर’ गरे र फिल्मले सक्सेस रेकर्ड पनि बनायो । तर, फिल्मको स्क्रिप्टको चर्को आलोचना भयो ।
डुब्दै गएको करिअर बचाउनका लागि शाहरुखले अभिनत्री काजोलसँग सन् २०१५ मा फिल्म ‘दिलवाले’ लिएर आए तर कमजोर कथावस्तुले उनलाई फेरि असफलता हात पर्योज । यस्तै, सन् २०१६ मा आएको फिल्म ‘फ्यान’मा उनको अभिनयको चर्चा त भयो तर फेरि असफलता दोहोरियो ।
गएको वर्ष प्रदर्शनमा आएको ‘रईस’ र ‘जब ह्यारी मिट सेजल’ ले पनि शाहरुखलाई बक्स अफिसमा फेरि कमजोर साबित गर्यो्  । जसरी शाहरुखका कमजोर फिल्मले दर्शकमाथी कुठराघात गरिरहेका छन्, त्यसले अब लाग्दैन कि उनले आफ्नो जादू फेरि देखाउन सक्नेछन् । उनी यस वर्ष फिल्म ‘जिरो’ लिएर आउँदैछन् ।



सम्बन्धित
Loading...