ad

सुस्ताबासी छाला रोगबाट ग्रसित

0 140

श्याम थापा


नवलपरासी ५ कार्तिक
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित सुस्ताका बासीहरु छाला रोग बाट ग्रसित बन्दै गएका छ्न ।


कार्तिक १० गते नेपाल तरुण दलको स्थापना दिवसको उपलक्ष्यमा सुस्तामा स्वास्थ्य शिविर संचालन गर्ने उद्वेश्यले सुस्तामा गएको नेपाल तरुण दल पश्चिम नवलपरासीका सभापति एवंम बर्दघाट नगरपालिका वार्ड न १६ का अध्यक्ष शुक बहादुर गुरुङ्ग,सुस्ता गाउँपालिका वार्ड न १ अध्यक्ष अशोक चौधरी,सुस्ता गाउँपालिका वार्ड न ५ का अध्यक्ष प्रभुनाथ यादव र नेपाल मुस्लिम संघ पश्चिम नवलपरासीका सभापति करिम खान लगायतका ब्यक्तिहरुको टोलीले सुस्ताबासीहरुसंग छलफल गर्दा सुस्ताबासीहरुले आफुहरुलाई बिशेष गरि छाला सम्बन्धि रोगहरु देखा परेको बताए ।
सुस्तामा दुषित पानीको कारणले गर्दा सुस्ताबासीहरुलाई छाला रोग लाग्ने गरेको सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जैसवालले बताउनु भयो ।
२ सय ६५ घरधुरी रहेको सुस्तामा खानेपानीको रूपमा चापाकाल अर्थात धाराबाट पानी पिउने गरेको र सो धाराको पानी दुषित रहेको हुदा त्यही दुषित पानी पिउने बाध्य रहेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाले बताउनु भयो ।
सुस्ताबसीहरुलाई छालाको रोग देखा पर्नुको कारण पानी दुषित र सरसफाइ सम्बन्धि जनचेतनाको कमि रहेको कारणले गर्दा छाला सम्बन्धिका विभिन्न किसिमको रोग देखा परेको सुस्ता सामुदायिक स्वास्थ्य इकाई केन्द्र सुस्ताका अहेब अशोक कुमार चौधरीले बताउनु भयो ।
यतिखेर सुस्तामा २ सय ६५ घरधुरी मध्ये करिब २ सय घरधुरीका परिवारहरुमा छालाको रोग देखा परेको इकाई केन्द्रका अहेब चौधरीले जानकारी दिनु भयो ।


You might also like
Loading...