बर्दघाटमा सडक अतिक्रमण प्रकरणः सफाई गरिएको एक महिना नवित्दै सडक अतिक्रमण शुरु

5

नवलपरासी (बर्दघाट), ५ कात्तिक ।
प्रदेश ५ को पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पूर्व पश्चिम राजमार्गको ८२ फुट दांयां र बांयामा बनाएको संरचना भत्काएको १ महिना नवित्दै पुन सडक अतिक्रमण हुन थालेको छ ।
बजार क्षेत्रको सुन्दरता बढाउन र दुर्घटना न्यूनिकरणका लागि भन्दै बर्दघाट नगरपालिकाले पूर्वपश्चिम लोकमार्गको ८२ फिट भित्र पर्ने दायाँबाँयामा बनेको प्रतिक्षालय लगायतका संरचनाका साथै छाप्रा, चौतारा, ठेला लगायत हटाएको थियो ।
नगरपालिकाले भुताहा र बर्दघाट क्षेत्रमा अतिक्रमित गरेर बनेका संरचना हटाइएका थिए । स्थानीयले बर्दघाटको चौतारा, प्रतिक्षालय जस्ता सार्वजनिक संरचनाको अर्को व्यवस्था गरेपछि मात्र भत्काउनु पर्नेमा जोड दिंदै अतिक्रमित क्षेत्र हटाउने बाहानामा सार्वजनिक संरचना भत्काइएको प्रति आलोचना गरेका थिए ।
सडक अतिक्रमण हटाइए पनि अहिले जथाभावी सवारी पार्किङ्ग गर्ने र हाटबजार चलेका बेला राजमार्ग संगै जोेडिने गरी टेण्ट नै लगाएर ब्यापारीहरु ब्यापार गर्न तल्लिन देखिएका छन् ।




यो पनि पढ्नु होला

नगरवासीको प्रश्न – नगर एक किन निति अनेक ?


हरेक आईतबार भुताहामा लाग्दै आएको हाटबजारमा राजमार्ग सम्मनै टेण्ट तथा त्रिपाल लगाउदै ठेलामा ब्यबसाय गर्नेहरु ८२ सरसफाईले आफुहरुलाई निकै सहज भएको महसुस गरेका छन् । ब्यापारीहरुले राजमार्ग संगै जोडाएर ब्यापार गर्दा दुर्घटना हुने जोखिम समेत बढेको छ ।

बर्दघाट बजार क्षेत्रमा भने ८२ सरसफाई भएपछि ठुला सवारी साधन पार्किङ्ग स्थल बनेको छ । सरसफाइृका समयमा हटाईएका ठेला हरु विस्तारै पुरानै शैलिमा देखिन थालेका छन् । बर्दघाटको टिसियन चोकमा रहेका ठेला पसल वन क्षेत्र संगै जोडाएर ब्यापारीले आफ्नो ब्यबसाय सुरु गरेका छन् यसले बन क्षेत्रको समेत अतिक्रमण हुने खतरा बढेको छ ।

हिजोआज बजार क्षेत्र अब्यबस्थीत रुपमा गरिएका ठुला सवारीसाधनको पार्किङ्गले झनै कुरुप बन्दै गएको छ । राजमार्ग संगै जोडाएर सवारीसाधन पार्किङ्ग गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

स्थानियले भने जसरी नगरपालिकाले सरसफाईमा चासो देखाएको थियो यसैगरी अनुगमन पनि गर्नुपर्ने र अब्यबस्थीत पार्किङ्ग र ठेला ब्यबसायीहरुको अतिक्रमण हुनवाट जोगाउनुपर्ने बताएका छन् । नगरपालिकाले ८२ सरसफाई गर्दा भएका बोटविरुवा र प्रतिक्षालय समेत हटायो तर अहिले घर पसल नै छेकिने गरी ठुला सवारी साधन अब्यबस्थीत रुपमा पार्किङ्ग भैरहेको छ यसले सरसफाईको के महत्तव भयो ब्यबसायी लक्ष्मण भण्डारीले गुनासो पोख्नुभयो । यस विषयमा नगरपालिकाको ध्यान जानुपर्ने भण्डारीको भनाई छ ।




सम्बन्धित
Loading...