मृतकका परिवारलाई घरमै समवेदना अर्पण

0

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १२ को कार्यालयले वडा भित्रका नागरिकको मृत्यु हुंदा घरमै पुगेर श्रद्धाञ्जली अर्पण गर्न सुरु गरेको छ ।
शोकको समयमा परिवारजनामा प्रत्यक्ष भेटेर उनीहरुको पिडा महसुस गरी प्रत्यक्ष सहानुभुति दिनका लागि वडा भित्र कसैको मृत्यु भएका वडा अध्यक्ष सहित वडाका प्रतिनिधि सहित घरमै पुगेर श्रद्धा्रञ्जली दिने र समवेदना प्रकट गर्ने कार्यको सुरुवात गरेको वडा अध्यक्ष मान बहादुर मल्लले बताउनुभयो ।




वडा नम्बर १२ की दलित महिला सदस्य गिता विकका ससुरा वुवा सुपलाल विकको को निधन भएकोमा आज तेश्रो दिनको पुण्य तिथि पारेर आज श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । वडाध्यक्ष मान बहादुर मल्ल र वडाका अन्य प्रतिनिधिहरुसहितको टोली गिता विकको घरमा पुगेर श्रद्धाञ्.जली सभा गरेको हो । अव देखि वडा भित्र जोकोहिको निधन हुंदा पनि वडा कार्यालयको तर्फबाट घरमै पुगेर श्रद्धाञ्जली सभा गरिने वडा अध्यक्ष मल्लले बताउनुभयो ।




सम्बन्धित
Loading...