सडक दुर्घटनाः चितवनमा १० दिनमा १० को मृत्यु

0

चितवन, ६ कार्तिक ।




नेपालीको महान पर्व वडादशैंको समयमा चितवनमा १७ वटा सडक दुर्घटना भएका छन् । घटस्थापनाको दिनदेखि बडा दशैंको दिनसम्म भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको हो । दुर्घटनामा ५६ जना घाइते भएका छन् । चितवनको मुख्य राजमार्ग क्षेत्रमा बढि सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्राफिकले यो अबधिमा सिटको क्षमता भन्दा बढि यात्रु राख्ने ४७ सवारीसाधनलाई कारवाही गरी ४७ हजार जरिवाना गराएको छ । यस्तै यात्रुबाट बढि पैसा असुल्ने ७३ गाडीलाई कारवाही गरि १ लाख ९ हजार ५ सय रुपैंया यात्रुलाइनै फिर्ता गराइएको छ ।





सम्बन्धित
Loading...