तिहार लक्षित पटेका भित्रन थाल्यो: गएराति ७५ हजारबराबरको पटेका बरामद गरी नष्ट को पटाखा नस्ट गरियो

5

ध्रुवनारायण बानिया     




नवलपरासी (पाल्हीनन्दन), ७ कात्तिक ।
दशैं सकिएर तिहार नजिकिन लाग्दै गर्दा नेपालभारत खुल्ला सिमा क्षेत्रबाट पटाका जस्ता विस्फोटक पदार्थ भित्रने क्रम शुरु भएको छ ।
नेपालमा तिहार लागेदेखि ठूला एकादशी पर्वसम्म पटाका, आतसबाजी लगायतका विस्फोटक पदार्थको व्यापार निक्कै राम्रो हुने गर्दछ ।

यसैक्रममा मंगलबारराति प्रहरीले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउंपालिका १ र २ को रमपुरवा, मुडेडा, अमानीगञ्ज लगायतका क्षेत्रबाट ठूलो परिमाणमा पटाका, आतसबाजी जस्ता विस्फोटक पदार्थ बरामद गरेको छ ।




सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) का सशस्त्र प्रहरी निरीक्षक राजकुमार अधिकारीको नेतृत्वमा खटिएको टोलीले ७५ हजार रुपैयाँ बराबरका पटेका, आतसबाजी लगायतका विस्फोटक पदार्थ बरामद गरी बुधबार स्थानीय बासिन्दा, स्थानीय पत्रकारहरुको रोहबरमा नष्ट गरिएको छ ।

प्रहरी, प्रशासन लगायतका निकायले नेपालमा तिहार तथा चाडपर्वको समयमा पटाका, आतसबाजी जस्ता विस्फोटक पदार्थ प्रयोग विक्री वितरण तथा किनमेल गर्न रोक लगाएपनि भारतबाट अवैध रुपमा नेपाल भित्रने गर्दछ ।

ठूला तथा साना आवाज निकाल्ने पटेकाको आवाजले कानमा असर गर्ने र त्यसबाट निस्कने आगोले आगलागी हुने तथा मानिसको शरिरको अंगमा चोट पुग्न सक्ने भएकोले प्रहरीले यसलाई प्रतिबन्ध लगाएको हो ।

यस अघि दशैं अगाडि पनि नवलपरासी प्रहरीले पटेका बरामद गरि नष्ट गरको थियो ।

नेपालमा यसको लुकिछिपी निक्कै व्यापार हुने गर्दछ । तिहार र छठ पर्वमा बढी प्रयोग गरिने यस्ता विस्फोटक पदार्थ नेपालमा चाडपर्वको बेला भित्रने गर्दछ ।

त्यसैगरी १० हजार रुपैयाँ २५ क्यारेट भारतबाट भित्र्याइएका भारतीय सेतो अण्डा लगभग बरामद गरी पशु क्वारेन्टाइन चेक पोस्ट महेशपुरका प्रमुख खडकबहादुर सिंहको नेतृत्वमा स्थानीय बासिन्दा र स्थानीय पत्रकारहरुको रोहबरमा नष्ट गरिएको छ ।


यो पनि पढ्नुहोस्

तिहारमा पटेकाप्रति बालबालिकाको आकर्षण र तिनबाट लाग्ने रोग




सम्बन्धित
Loading...