कावासोतीमा आजबाट नवलपुर स्तरीय प्रिमिएर लिग क्रिकेट प्रतियोगिता शुरु:

0

उद्घाटन खेलमा हुप्सेकोटसंग कावासोती पराजित

 




रामकुमार श्रेष्ठ

नवलपरासी, ७ कात्तिक ।
नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा रहेको क्रिकेट मैदानमा आजदेखि नवलपुर जिल्ला स्तरीय नवलपुर प्रिमियर लिग शुरु भएको छ ।
प्रतियोगिताको कावासोती नगरपालिका ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले खेलका रेफ्रीलाई क्रिकेट बल हस्तान्तरण गरेर गरेका थिए ।
आज भएको पहिलो खेलमा कावासोती नगरपालिकालाई हुप्सेकोट गाउंपालिकाले ४९ रनले हराएको छ ।
लिग चरणमा खेलाइएका खेलहरुमा दुई समूह विभाजन गरेर खेलाइएको छ । गाउँपालिका र नगरपालिका स्तरका टिमहरु गरी ८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा हुप्सेकोट गाउँपालिकाले ब्याटिङ्ग शुरु गरेको थियो ।
हुप्सेकोटले २० ओभरको खेलमा पुरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ३३ रन जोडेको थियो । प्रतियोगितामा हुप्सेकाटका हिमान्सु शाहीले अर्धसतक पुरा गरेका थिए । उनले ५७ बल खेल्दै ५६ रन बटुलेका थिए ।
१ सय ३४ रनको लक्ष्य पाएको कावासोती नगरपालिकाले १७ दशमलब ३ ओभरमा पुरै विकेट गुमाएर जम्मा ८४ रन मात्र जोडेको थियो ।
पहिलो खेलको म्यान अफदि म्याच हुप्सेकोटका हिमान्सु शाही भएको आयोजक क्लब राइजिङ्ग स्टार क्रिकेट क्लबका सचिव कमल पौडेलले बताए ।
राइजिङ्ग स्टार क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगितामा समूह ‘ए’ मा कावासोती, हुप्सेकोट, विनयी त्रिवेणी र देवचुली रहेको छ भने समूह ‘बी’ मा गैडाकोट, मध्यविन्दु, बुलिङ्गटार र बुंदीकाली रहेका छन् ।
त्यस्तै आज भएको दोस्रो खेलमा विनयी त्रिवेणी गाउँपालिका ९ विकेटले विजयी भएको छ । पहिले ब्याटिङ्ग गरेको देवचुलीलाई १५ दशमबल ३ ओभरमा अलआउट गरी ६० रनमा सिमित पारेको विनयी त्रिवेणीले ६१ रनको लक्ष्य एक विकेटको क्षतिमा ९ दशमबल ३ ओभरमै भेट्याएको थियो ।
दोस्रो खेलका ४ ओभरमा ४ विकेट लिने खेलाडी हेमन्त क्षेत्री म्यान अफ दि म्याच भएका थिए ।
भोलिको पहिलो खेल समूह ‘बी’ मा रहेका बुलिङ्गटार र बुंदीकालीबीच हुने छ भने दोस्रो खेल गैडाकोट र मध्यविन्दु बीच हुने छ ।
प्रतियोगितामा प्रथम हुनेले ६० हजार र दोस्रो हुनले ४० हजार नगद पुरस्कार पाउने छन् ।


 




सम्बन्धित
Loading...