चितवन राष्ट्रिय निकुञ्जको प्रवेश शुल्कमा ३३ प्रतिशतले वृद्धि

0 115

चितवन, कात्तिक ७-




चितवन राष्ट्रिय निकुञ्जले असोज २९ गतेबाट पर्यटक प्रवेश शुल्कमा ३३ प्रतिशतले वृद्धि गरेको छ ।

निकुञ्जका प्रवक्ता नुरेन्द्र अर्यालका अनुसार निकुञ्ज प्रवेशमा नेपालीहरुले १५० रुपैयाँ, सार्क देशका पर्यटकले एक हजार र अन्य देशका पर्यटकले दुई हजार रुपैयाँ तिनुपर्ने भएको छ । यसअघि नेपालीले ११३, सार्क देशका पर्यटकले ७५० र अन्य देशका पर्यटकले एक हजार पाँच सय रुपैयाँ बुझाउँदै आएका थिए ।




प्रवक्ता अर्यालले शुल्क बढाएको ६ वर्ष भएकोले बढ्दो मुल्य वृद्धिसँगै सापेक्षरुपमा शुल्क वृद्धि गरिएको बताए । यसअघि २०६९ सालमा मात्र पर्यटक शुल्क वृद्धि भएको थियो ।



सम्बन्धित
Loading...
error: Content is protected !!