कावासाेतीमा भएकाे दुर्घटनामा एक जनाको मृत्यु

0

शाेभा जिसी ।।




कावासोती,८ कात्तिक ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको कावासाेती २ खरकट्टा जंगलमा आज साँझ भएको सवारी दुर्घनामा परि एक जनाकाे मृत्यु भएको छ । दुई जना घाईते भएका छन् ।
दुर्घटनामा परि लु ५ प २१७१ नम्बरकाे माेटरसाईकल चालक कावासाेती १२ निवासी २१ वर्षीय मेन्जन गुराैकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।
लु ५ प २१७१ नम्बरको मोटसाईकल र विपरित दिशाबाट जादै गरेको ना ५ प ८४६४ नम्बरको मोटर साईकल एक आपसमा ठक्कर खाँदा साे दुर्घटना भएकाे हाे।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेका अनुसार गुरौको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
दुर्घटनमा परि ८४६४ नम्बरको मोटरसाइकल चालक कावासोती नगरपालिका ३ बस्ने २० वर्षीय काशिकराज अमात्य र मोटरसाइकलमा सवार कावासोती ८ बस्ने २३ वर्षीय खिमलाल कडेंल घाइते भएकाे छन् । कंडेलको अवस्था चिन्ताजकन रहेको छ । दुर्घटना पछि केही बेर सडक अवरूद्ध भएकाे थियाे ।




सम्बन्धित
Loading...