यू-१९ महिला फुटबलमा नेपालले भारतलाई हरायो

0

काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले भारतलाई हराएको छ ।




शुक्रबार थाइल्याण्डमा भएको खेलमा नेपालले भारतलाई २-० गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, दोस्रो हाफमा नेपाली चेलीहरु दुई गोल गर्न सफल भए । ५९ औं मिनेटमा रेखा पौडेलले नेपाललाई अग्रता दिलाइन् भने निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी छँदै रेखाले नै दोस्रो गोल गर्दै जित सुनिश्चित गरिन् ।




प्रतियोगितामा नेपालको यो पहिलो जित पनि हो । पहिलो खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ३-० ले हारेको थियो । आइतबार पाकिस्तानसँग खेल्नेछ ।

समूह बीमा नेपालसँगै थाइल्याण्ड, भारत, सिंगापुर र पाकिस्तान छन् ।




सम्बन्धित
Loading...