पाल्पाली लेजेण्डस र पाल्पाली क्रीकेट प्लेयर्स विजयी

0

कार्तिक ०९, पाल्पा – दमकडामा भईरहेको पाल्पा टि 20 च्याम्पियन्स लिग २०१८ को आजको खेलमा पाल्पाली लेजेण्डस र पाल्पाली क्रीकेट प्लेयर्स विजयी भएका छन । विजय संगै दुबै टिम सेमिफाईनलमा प्रवेश गरेका छन । दमकडा क्रीकेटक्लब र पाल्पाली लेजेण्ड्स बिच आज भएको पहिलो खेलमा पाल्पाली लेजेण्ड्स ६ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको दमकडा क्रीकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनायो । दमकडाका माधाव न्यौपानेले १७ र सतिस परियारले १४ रन बनाए ।




लेजेण्ड्सका राजनमान साक्यले ४ तथा निरज गाहा र सुरेश गोदारले समान २/२ विकेट लिए । १०९ रनको लक्ष्य पछ्याउँदै पाल्पाली लेजेण्ड्सले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर बिजयी लक्ष्य हासिल गर्यो । लेजेण्ड्सका संजिव चित्रकारले २५ र तेजेन्द्र रानाले २४ रन बनाए । दमकडाका मोहन भुसालले ४ विकेट हात पारे । लेजेण्ड्सका राजनमान साक्य म्यान अफ दि म्याच घोषित भए । त्यस्तै आज भएको दोश्रो खेलमा पाल्पाली क्रीकेट प्लेयर्सले लुहुङ एनबिआरलाई १२२ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पाल्पालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ को विशाल योगफल तयार पार्यो । पाल्पालीका अमृतेश सिंहले ४३, श्रीधर भट्टराईले ३४ तथा बिपिन खाती र आशिष लोहनीले समान २६/२६ रन बनाए । लुहुङका सरन बिकले ४ र विशाल भण्डारीले २ विकेट लिए । २०८ रनको लक्ष्य पछ्याउँदै लुहुङ एनबिआर १८ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा समेटियो । लुहुङका नवीन बस्यालले ४४ र खगेन्द्र बिकले १० रन बनाए । पाल्पालीका रुपेश बस्यालले ५ र सन्दिप बस्यालले २ विकेट लिए । पाल्पालीका अमृतेश सिंह म्यान अफ दी म्याच घोषित भए । पाल्पाली लेजेण्ड्स र पाल्पाली क्रीकेट प्लेयर संगै एमआईबि सिक्स र पाल्पा क्रीकेट क्लब सेमिफाईनल प्रवेश गरिसकेका छन ।

सेमिफाईनल खेल अन्तरगत भोलिको पहिलो खेल पाल्पाली क्रीकेट प्लेयर्स र पाल्पा क्रीकेट क्लब तथा दोश्रो खेल एमआईबि सिक्स र पाल्पाली लेजेण्ड्स बिच हुनेछ । जिल्लामै पहिलो पटक स्टान्डर्ड लेदर बल प्रयोग भएको प्रतियोगिताको बिजेताले ६० हजार र उपबिजेताले ३० हजार रुपैंया प्राप्त गर्नेछन ।







सम्बन्धित
Loading...