सवारी चालकहरुलाई पढाउदै ट्राफिक

0




कावासोती। दुर्घटना हुँदै नहोस्। सबैको यही चाहेका हुन्छन्। यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन्। लाइसेन्समा कडाई, मापसे जाँच,ट्राफिक नियम पालना आदि। त्यस्तै पूर्बि नवलपरासीको नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि बुधबार देखि सवारी चालकहरुलाई विधार्थिहरुलाई झै पढाउन थालेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडकमा नै सवारी चालकहरुलाई सवारी गुडिरहेको अवस्थामा ओभरटेक गर्ने र ओभरटेक गर्न दिने सवारी साधनहरुमा साईड दिने सवारी साधनले बायाँ तर्फको साईड लाईट बाली उचित स्थानमा मात्र साईड दिने र ओभरटेक गर्ने सवारी साधनले दाहिने साईड लाईट बालेर मात्र ओभरटेक गर्ने र ओभरटेक गरी सकेपछि बायाँ साईड लाईट बाली आफ्नो लेनमा यात्रा निरन्तर गर्ने ट्राफिक नियमका बारेमा बुधबार नवलपुरको दलदलेमा प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख लक्ष्मण बहादुर शाहिले बताएका छन् ।




शाहिले पछिल्लो समय ओभरटेकको कारण दुर्घटना बढेको भन्दै यस्तो अभियान सञ्चालन गरेको बताएका छन् । बुधबार मात्रै ५ सय भन्दा बढी सवारी चालकहरुलाई सवारी गुडिरहेको अवस्थामा ओभरटेक गर्ने र ओभरटेक गर्न दिने सवारी साधनहरु के गनुपर्छ भनि दलदले सडकमा नै प्रशिक्षण दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लक्ष्मण बहादुर शाहिले यो अभियान एक साता सम्म चलाउने र अन्य समायमा सवारी साधन चेकजाज गर्दा पनि ओभरटेक कसरी गर्ने र गर्ने दिने जानकारी गराउने बताएका छन् ।




सम्बन्धित
Loading...