कतार भ्रमण पुरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

0




काठमाडौं, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको भ्रमण पुरा गरी बिहीबार स्वदेश फर्किएकी छन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका छन् ।




भ्रमणका क्रममा राष्ट्रपति र कतारका अमिरबीच भएको भेटमा द्वीपक्षीय हितबारे कुराकानी भएको भ्रमणमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । नेपाली टोलीले कतारसामू कृषि, पशुपालन, पूर्वाधार निर्माणमा लगानी गर्न आग्रह गरेको छ ।

खासगरी विमानस्थल निर्माणमा लगानी गर्न आग्रह गरेको मन्त्री ज्ञवालीले बताए । आफ्नो कतारका श्रममन्त्रीसँग छुट्टै भेटवार्ता भएको भन्दै उनले नेपाली कामदारको हकहित प्रवर्धनमा कुराकानी भएको बताए ।




सम्बन्धित
Loading...