किङ्गडम पार्टी प्यालेसको शुभारम्भ

0

कावासोती, १६ कात्तिक । कावासोती– ३ थकाली चोकमा शुक्रबार देखि किङ्गडम रेष्टुरेण्ट, बार एण्ड अतिथि पार्टी प्यालेस सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ का मननिय सांसद तिलक महतले पार्टी प्यालेसको उद्घाट गर्नु भएको हो ।




थकली चोकबाट एक सय मिटर उत्तर तर्फ स्थापना भएको पार्टी प्यालेसमा पाँच सय जनाको क्षमता सहितको पार्टी हल तथा संर्गै रेष्टुरेण्ट बार सेवा समेत रहेको सञ्चालक नित्यनन्द खनालले बताउनु भयो । एक करोड रुपैयाको लागतमा निर्माण भएको पार्टी प्यालेसमा एसी सहितको सभाहल, रुम तथा बैठक कक्षको व्यवस्था रहेको छ ।

बिबाह लगायतको पार्टीको लागि आवश्यक पार्कीङ्ग सहितको सेवा सुविधा रहेको सञ्चालक खनालले बताउनु भयो । सञ्चालक खनालले महेन्द्रराजमार्गबाट नजिकै र शान्त वातावरणमा प्यालेस सञ्चालनमा आएकाले सेवाग्राहीको मन तान्ने बिश्वास व्यक्त गर्नु भयो ।




उद्घाटको क्रममा माननिय महतले पार्टी प्यालेस जिल्लाको सदरमुकामका कार्यलय स्थापनाको लागि सिफारिस भएको स्थान नजिकै रहेको हुदाँ यहाँ आउने सेवाग्राहीलाई समेत पायक पर्ने र उनिहरु लाभाम्बीत हुने बिश्वास व्यक्त गर्नु भयो ।




सम्बन्धित
Loading...