रूपन्देहीमा ३७ किलाे चरेस सहित ३ जना पक्राउ

0

रूपन्देही, १७ कात्तिक ।




रुपन्देहीको बेलबासबाट ठूलो परिमाणमा चरेस बरामद भएको छ ।




३७ किलो चरेस सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानका ४० वर्षिय टिका राष्कोटी रहेका छन ।

राष्कोटी २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुन । उनी सहीत बाग्लुङका ३४ वर्षिय जनक घर्ती र कपिलवस्तुका ५० वर्षिय नहारि थारूलाई पनि प्रक्राउँ गरिएको इलाका प्रहरी कार्यालय बुटबलले जानकारी दिएको छ ।




सम्बन्धित
Loading...