तिहार मान्न पेश्की नदिएको भन्दै चौधरी उद्योगका मजदुर आन्दोलित

0

रामकुमार श्रेष्ठ
नवलपरासी १९ कात्तिक ।




तिहार मान्नका लागि पेश्की नदिएको भन्दै चौधरी उद्योगका मजदुरहरु आन्दोलित भएका छन् ।
अघिल्लो बर्षहरुमा तिहार अगाडि तिहार मान्न पेश्की रकम दिने प्रचलन रहे पनि यस पटक भने कम्पनीले दिन आलटाल गरेका कारण आन्दोलनमा उत्रिएको मजदुरहरुले जनाएको छ ।
मजदुरहरुले सोमबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म उद्योग बन्द गरेको अखिल नेपाल क्र्रान्तिकारी औद्योगिक मजदुर युनियनका अध्यक्ष गोपाल बस्नेतले बताए ।
बस्नेतले दशैं अगाडि तलब लिएको भए पनि दशैं पछि पनि मजदुरहरुले सरदर १०÷१५ हजार रुपैयाँको दरले काम गरिसकेकोले तिहार मान्नका लागि अग्रिम तलब माग गरेको बताए ।
उनले सांकेतिक रुपमा ७ घण्टा उद्योगका सबै काम ठप्प पारे पनि अहिले काम शुरु भएको र प्रशासनले छलफलका लागि बोलाएको बताए ।
दुम्कौलीमा रहेको उद्योग पति विनोद चौधरीको चौधरी उद्योग ग्राममा १८ सय मजदुर कार्यरत रहेका छन् ।
चौधरी उद्योग ग्राम दुम्कौलीका बरिष्ठ माहप्रबन्धक रामभक्त्त केसीले पेश्की रकम दशैमा नै दशै पेशकी रकम, बोनस र तलब पेशकी दिएको कारण अहिले नदिएको बताए ।




सम्बन्धित
Loading...