बुलिङ्गटारमा धान झाँट्ने थ्रेसरमा बेरिएर विद्यालयका अध्यक्षको मृत्यु

0

होमराज रानाभाट
नवलपरासी, २० कात्तिक ।




पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका वडा नं २ डाडाँझेरी भागबारीमा धान झार्न प्रयोग हुने थे्रसरसंगैं बेरिएर एक जनाको ज्यान गएको छ । जिल्लाको बिकट गाउँमा सो घटना भएको हो ।
सोमबारराती धान झार्न प्रयोग हुने थ्रेसर र सो संगै जोडिएको लु ३ त ६९०४ नंम्बरको ट्याक्टरका चालक बुलिगंटार गाउँपालिका ३ का बिष्णुहरि कुमालले अत्यधिक मादक पदार्थ सेबन गरि मेशिन चलाउँदा अनियन्त्रित भै ट्याक्टर पल्टन पुग्दा बुलिगंटार गाउँपालिका वडा नं २ डाडाँझेरी स्थित गोरखनाथ प्राथमिक विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष २९ बर्षीय भेटन बहादुर पुलामी मगरको घटनास्थलमा ज्यान गएको प्रहरी चौकी बुलिगंटारले जनाएको छ ।
साँझ परे पछि थन्कयाएर राखिसकेको सो मेशिन र ट्याकटरलाई मादक पदार्थ सेबन गरि जथाभाबी चलाउन थाले पछि टयाक्टर पल्टन पुगेको र नजिकै रहेका पुलामी मगरलाई ट्याक्टरले पल्टेर किल्चेको प्रहरीले जनाएको छ ।
प्रहरीले मेशिन, ट्याक्टर र चालक बिष्णुहरि कुमाललाई नियन्त्रणमा लिई आबश्यक प्रकृया शुरु गरको जनाएको छ । लाश पोष्टमार्टम लगायत सबै प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा पठाईएको बुलिगंटार गाउँपालिकाका अध्यक्ष शसिकिरण बस्ताकोटीले बताए ।







सम्बन्धित
Loading...