कांग्रेस महासमिति बैठक सर्‍यो, गच्छदार उपसभापतिमा मनोनित, पौडेलको असन्तुष्टि

0

काठमाडौ, २० कात्तिक ।




नेपाली कांग्रेसको केन्द्रिय समिति वैठकले बिजयकुमार गच्छदारलाई उपसभापति मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा सहभागीले समर्थन जनाएका थिए ।


पार्टीको महासमिति बैठक आउदो २८ मंसिरदेखि ३ पुससम्म हुने भएको छ । साथै बैठकले फोरम–नेपाली कांग्रेस पार्टी एकीकरण गरेको लोकतान्त्रिक अन्य नेता एवं भातृ संस्थाको नेतालाई समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ ।

पार्टी एकता हुँदा गच्छदारसंग भएको सहमति अनुसार उपसभापति मनोनित भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । ‘यो प्रकृया अहिलेको मुलुकको आवश्यकता पनि हो ।’ लेखकले भने

तिहार, छठलगायतका चाडपर्वहरू संघारमा अाएकोले महासमिति बैठकको मिति सारिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

कांग्रेसको बैठकले मानवअधिकारवादी नेता पदमरत्न तुलाधरको निधनप्रति शोक व्यक्त गरेको छ । सोमबार डोल्पामा जीप दुर्घटनामा परी निधन भएकाहरु प्रति पनि कांग्रेसको बैठकले शोक प्रकट गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमा जनाइको छ ।

बैठकले पार्टीको लेखा  परीक्षण समितिको संयोजकमा श्यामकुमार घिमिरेलाई मनोनयन गरेको छ ।

पौडेलको असन्तुष्टि

नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरुले पार्टीको विधि र प्रक्रिया मिचेर विजयकुमार गच्छदारलाई उपसभापति मनोनित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले लोकतान्त्रिक फोरमबाट एकतामा आएका गच्छदारलाई उपसभापतिमा मनोनित गर्‍यो । तर, पार्टी विधि र प्रक्रिया भन्दा बाहिर गएर निर्णय गरिएको भन्दै संस्थापनइतरका नेताहरुले असन्तुष्टि जनाएका छन् । ‘हामीले वैठकमै पार्टीको विधि र प्रक्रिया अनुसार निर्णय गर्नुपर्छ भनेका हौं । मैले यहि ढङ्गले कुरा राखें,’ बैठकपछि नेता अर्जुननरसिंह केसीले पत्रकारहरुसँग भने, ‘तर निर्णय भयो । सर्वसम्मत भएको होइन ।’




सम्बन्धित
Loading...