सोलुखुम्बुमा माइक्रो बस दुर्घटना, एकको मृत्यु, ७ घाइते

0

सोलुखुम्बु , २० कात्तिक। सोलुखुम्बुमा सोलु हाइड्रोको माइक्रो बस (हायस) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् ।




मृत्यु हुनेमा साबिक पञ्चन गाविस फेदीकी १९ वर्षीय सरिना राई छिन् । नेपाली कांग्रेस पञ्चन इकाइका सभापति राजन दाहालका अनुसार नेलेबाट हाइड्रोको कार्यालय मैकुवेशीतर्फ जाने क्रममा साबिक पञ्चन–३, कोल्मुमा गाडी दुर्घटना भएको हो ।

बा ९ च ९६४७ नम्बरको गाडी सडकबाट करिब ४० मिटर तल खास्दा राईको घटनास्थलमै मृत्यु भएको दाहालले बताए ।





सम्बन्धित
Loading...