आज भाइटिका । उत्तम साइत बिहान ११ बजेर ५५ मा

0

कात्तिक, २३ 




यमपञ्चक अन्तरगत तिहारको पाँचौँ दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् ।


दिदीबहिनीलाई पूजा गरी  अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आज भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार विहान ११ बजेर ५५ मिनेटमा परेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको साइत अनुसार बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको जनाएको छ ।

समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार कार्तिक शुक्ल द्वितीयाका दिन अर्थात् २३ कात्तिक भाइटीका परेको छ ।

तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद स्वरूप सप्तरंगी टीका र फूलमाला लगाइदिने चलन छ ।

 




सम्बन्धित
Loading...