बनभोज खाएर फर्केकाहरु दुर्घटनामा, तीनको मृत्यु, ३४ घाइते

0

गाईघाट, २५ कात्तिक ।




वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्याक्टर आइतबार साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । उदयपुर जिल्लाको बेलका नगरपालिका–८ तपेश्वरी जङ्गलस्थित रङ्गमहल कोशीटप्पु क्षेत्रमा भएको दुर्घटनामा बेलका–२ भागपुर बस्ने १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दिपीका चौधरीको मृत्यु भएको हो । दुर्घटनामा पर्नेहरु सबै बेलका नगरपालिका–२ भागलपुरवासी रहेका छन् ।

स१त ५८५० नंको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका ३४ जनाकोे धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचार भइरहेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए । मृतकको बीपी मेमोरियल अस्पतालमा सनाखत भइसकेको छ ।




बिहान कोशी टप्पुमा वनभोज गएकाहरु साँझ फर्कने क्रममा सप्तकोशी रंगमहलको जंगलमा ट्याक्टर सडकबाट तल खसेको बेलकाका स्थानीयवासी राजकुमार भुजेलले बताए । रासस




सम्बन्धित
Loading...