धन कमाउन गएका कावासोतीका गणेश सापकोटा रोग लिएर फर्किए

0

रामकुमार श्रेष्ठ
नवलपरासी, २६ कात्तिक ।




धन कमाउन साउदी अरब गएका कावासोती १२ का ३६ बर्षीय गणेश सापकोटा रोग लिएर नेपाल फर्किएका छन् त्यो पनि दुवै मृगौला फेल भएर ।
आफ्नो जीवनको लाउलाउँ र खाउँखाउ उमेर झण्डै १० बर्ष साउदीमा विताएका गणेश सापकोटा अब नेपालमै केही गर्छु भनेर नेपाल फर्के पछि आफू रोगी भएको थाहा पाएका हुन् ।
सापकोटाले भने विस्तारै रोगले च्याप्न थाल्यो के भएको रैछ भनेर चेक गर्दा थाहा भो दुवै मृगौला फेल भएको छ । उनलाई अहिलेसम्म २/३ लाख आर्थिक सहयोग जुटेको छ भने सहयोग आउने तरखरमा रहेको सहित अहिलेसम्म साढे ४ लाखको हाराहारीमा सहयोग जुटेको छ । सापकोटा भन्छन् उपचारका लागि अन्तिमसम्म गरे १५/१६ लाख खर्च हुन्छ तर कसरी जुटाउने ?
सापकोटालाई उनका बुवा ६३ बर्षीय कृष्णप्रसाद सापकोटाले एउटा मृगौला दिने भएपछि उनले जीवनदान पाउने पक्का त भएको छ तर खर्च जुटाउन अझै धौधौ परेको छ ।
सापकोटा भन्छन् – साढे चार लाखको हाराहारीमा खर्च भईसकेको छ, ४/५ दिनमा अप्रेशन हुने तयारी छ । अप्रेशन गर्ने दिन नै ३/४ लाख खर्च लाग्छ अझै जुट्न सकेको छैन ।
३६ बर्षीय सापकोटाले १० बर्ष साउदीमा कमाएको पैसा घर ऋण तिर्न, घरका विरामी परिवारलाई उपचार गर्न र घर खर्च चलाउनमै सकिएको बताउँछन् । सापकोटा भन्छन् – परदेशको जीवन कति नै हुन्छ र कमाई घर खर्च चलाउनै पर्यो, घरमा अरु पनि विरामी हुनुहुन्छ कमाएको उपचार गर्दै खर्च भयो। अहिले म आफै विरामी परें ।
सापकोटाको अहिले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गरिरहेका छन् । उनको स्वास्थ्य चेकअफ र खान बस्नमै साढे चार लाख खर्च भएका छ ।




क कसले कति कति सहयोग गरे

उनलाई अहिलेसम्म कतारमा रहेको नवलपरासीका युवाहरुले ३० हजार नेपाली रुपैयाँ, चितवन घर भई हाल हङ्गकङ्ग बस्दै आएका कृष्ण गुरुङले एक लाख ६५ हजार नेपाली रुपैयाँ सहयोग गरेको छ ।
त्यस्तै जापानमा रहेका नवलपरासीका युवाहरुले नवलपरासी समाज जापानद्वारा एक लाख ९ हजार नेपाली रुपैयाँ पठाएको संयोजक यादव केसीले बताए । ३५ जना युवाहरुले उक्त रकम पठाएका हुन् ।

 

 

 

 

 

दीपक पराजुली -लोकाहा १००००

गोपाल कंडेल- १६ नम्बर ५५५५ ,

शालिकराम कंडेल-कावासोती ५५५५

कृष्णप्रसाद ढुङ्गाना-कावासोती ५०००

राजु सिग्देल-मध्यबिन्दु ५००० ,

यादब केसी कावासोती ५००० ,

विश्वास आचार्य-गैंडाकोट ५००० ,

बाबुराम भण्डारी-गुल्मी ५००० ,

हरी सापकोटा-रजहर  ३१०० ,

बासु बास्ताकोटी-बुलिङटार ३००१ ,

अमर केसी- कवासोती ३००० ,

दुर्गा  भुसाल- दलदले ३००० ,

रितु न्यौपाने-मध्यबिन्दु ३००० ,

कृष्णप्रसाद अधिकारी १६ नंबर ३०००

सम्झना काफ्ले-कावासोती २५०० ,

शिव अर्याल-त्रिवेणी महलबारी २५०० ,

डिपि गैरे-प्रगतिनगर २५०० ,

कमल काफ्ले-१६ नम्बर २३४५ ,

ॠषि पौडेल-रजहर २२२२ ,

सुनिल सापकोटा-कावासोती २१७६ ,

तुलसी राम कंडेल-कावासोती २१०० ,

गोविन्द सुबेदी- कावासोती २००० ,

संदीप सापकोटा-प्रगतिनगर २००० ,

सीता राम सूबेदी-कवासोती २०००

,गीता क़ंडेल-गैंडाकोट २००० ,

करुणा पाण्डे-बर्दघाट २००० ,

श्यामप्रसाद कंडेल – १६ नम्बर २००० ,

बिष्नु पराजुली लोकाहा २०००

बासु ढुंगाना-कावासोती  २००० ,

कमल पौडेल-भैसाखोरी २००० ,

सुज्जन लमिछाने-मध्यबिन्दु २००० ,

गिरी राज गैरे-डन्डा २००० ,

शिव सापकोटा-कवासोती २००० ,

कृष्ण भुसाल-मध्यबिन्दु २०००

शिव खत्री     २००० येन

उक्त रकम बुधबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै गणेश सापकोटा आफैले खोलेको फेसबुक ग्रुप एम ओ सी ग्रुपबाट एक लाख १० हजार रकम उठेको सापकोटाले बताए ।
सापकोटाको उपचारको लागि उनकै नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नं. ३२०००२८२१३१० मा रकम जम्मा गर्न सकिने छ ।

गणेश सापकोटा (बिरामी):+9779803180413, बिरामीको दिदि (सुनिता श्रेष्ठ):+9779866998410




सम्बन्धित
Loading...