नेपाली महिला फुटबल टोली ओलम्पिक छनोटको दोस्रो चरणमा

0




काठमाडौं । नेपाल टोकियोमा हुने ओलम्पिकअन्तर्गत महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपालले दोस्रो चरणमा स्थान बनाएको हो । बंगलादेशसँगको बराबरीसँगै नेपाल समूह ‘सी’ को तेस्रो स्थानमा रहेपनि नेपाल उत्कृष्ट हुदै दोस्रो चरणमा प्रवेश गरेको हो ।




म्यानमारको थुवुन्ना रंगशालामा नेपालले खेलको १६ औं मिनेटमा कप्तान निरु थापाको गोलमार्फत अग्रता बनाएको थियो । तर, खेलको अन्तिम मिनेटमा गोल खाँन पुगेपछि नेपालले लगातार तेस्रो बराबरीको नतिजा आत्मसात ग¥यो ।

खेलको अतिरिक्त समयमा बंगलादेशकी अखी खातुनले गोल गर्दै बराबरीमा पुर्याएकी हुन् ।

यसअघि नेपालले भारत र आयोजक म्यानमारसँग समान १–१ गोलको बराबरी खेलेको थियो । यो समूहबाट म्यानमार र भारतपनि दोस्रो चरणमा पुगेका छन् ।




सम्बन्धित
Loading...