कावासोतीको बरचुली बौद्ध गुम्बामा मंसिर १ बाट त्रिपिटक पाठवाचन

0

कावासोती, २८ कात्तिक ।




कावासोतीको बरचुली बौद्ध गुम्बामा मंसिर १ गतेबाट बौद्ध धर्मको महान ग्रन्थ त्रिपिटक (कङग्यूर) पाठवाचन महापूजा हुने भएको छ ।
त्रिपिटक महापूजाको उद्योगपति एवम् सांसद विनोद चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कावासोती –३ थकाली चोकमा रहेको बरचुली बौद्ध गुम्बामा हुने त्रिपिटक महापूजा ७ दिनसम्म चल्ने छ । अन्तिम दिन मुख्य मन्त्री गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी शुब्बा गुरुङले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

वरचुली बौद्ध गुम्बा समितिको आयोजनामा हुने त्रिपिटकको पूजाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
त्रिपिटक लाई बौद्ध धर्मको सबैभन्दा महान ग्रन्थको रुपमा हेरिने गर्दछ । त्रिपिटक सुन्नाले अज्ञानमा भएका कुकर्महरु शुद्ध हुने, विश्वमा हुने दैवी प्रको, अनिकाल, महामारी अकाल, मृत्यु, आपसी झैझगडा, बाढीपहिरोे जस्तो प्राकृतिक विपत्तमा कमी हुने विश्वास बौद्ध धर्मावलम्वीहरुले गर्ने गर्दछन् ।





सम्बन्धित
Loading...