खोवा उद्योगबाट पैसा मात्र होइन नाम पनि कमाए चौधरीले

0

दाउन्ने न्यूज
नवलपरासी, ४ मंसिर ।




पश्चिम नवलपसासीको सेमरीमा रहेको चौधरी खोवा उद्योगले पछिल्लो दश वर्ष देखी स्तरिय खोवा उत्पादन गर्दै आएको छ ।
पछिल्लो दश वर्ष देखी खोवा उत्पादन गर्दै आउनु भएका चौधरीको खोवा उद्योगका संचालक सनातन चौधरीले आफुले खोवा उद्योगबाट पैसा मात्र हाईन नाम पनि कमाएको बताएका छन ।
प्रतपपुर गाउपालिका वार्ड नम्बर २ सेमरीमा रहेको चौधरी खोवा उद्योगले उत्पादन गरेको खोवाको बजार रुपन्देहीको भैरहवा, बुटवल, पोखरा, काठमाण्डौ लगाएतका देशका ठुला शहरहरु सम्म रहेको उद्योगका संचालक चौधरीले बताउनु भयो । दैनिक दुई सय देखी पाँच सय लिटर सम्मको दुधबाट खोवा उत्पादन गर्दै आएको बताईएको छ ।
पांच लाख रुपियाँको लगानीका दश वर्ष पहिला शुरु गरेको चौधरी खोवा उद्योगमा अहिले करिब २० लाखको सम्पति रहेको उद्योगी चौधरीको भनाई रहेको छ । उद्योगी चौधरीका अनुसार जिल्ला भित्र वा बुटवल भैरहवा लगाएता शहरहरुमा धेरै मात्रामा खोवा चाहिएको अवश्थामा हाम्रै उद्योगमा खोवा लिनका लागि मानिसहरुले चौधरी उद्योगको नाम लिएर आउने गर्दछन ।
वर्ष भरि नियमित रुपमा चौधरी उद्योगको खोवा भैरहवाको पवन मिष्ठान भन्डारमा मिठाई बनाउनका लागि जाने गर्दछ भने जिल्लाका अन्य कुनै स्थानमा पनि विवाह, चाडवार्ड वा अन्य कुनै पर्वहरुमा ठुलो मात्रामा खोवा चाहिएको अवश्थामा ग्राहकहरु अडरका लागि आउने गरेको बताउनु हुन्छ उद्योगी चौधरी । खोवा उद्योगमा दैनिक रुपमा सात देखी १० जना कामदारहरुले रोजगारी पाएका छन ।







सम्बन्धित
Loading...