बलिहाङ पर्बको समापन कार्यक्रम धरानमा

0

जगत ठाडा मंगोल




सुनसरी/मंसिर १ शनिबार,




मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको भातृसंगठन मंगोल युबा सभा सुनसरीको आयोजनामा बलिहाङ पर्बको समापन कार्यक्रम राखिएको छ ।

बलिहाङ पर्बको अबसरमा संगठनका बिभिन्न जिल्लामा जय मंगोल अभियान खेलेर खुसियाली मनाइएको थियो । मंसिर २ गते आइतबारको दिन सुनसरीको धरानमा हुने कार्यक्रम मंगोल सामुदायको विशेष पर्व बलिहाङको २०७५ सालको समापन कार्यक्रमको रुपमा हुने केन्द्रिय युबा सभाका संयोजक अमित याक्खा राईले जानकारी गराउनु भएको छ ।

उक्त कार्यक्रममा बिभिन्न मंगोल कला , सास्कृतिक , मगर मंगोलहरुको हुररा नृत्य , मंगोल संगठनको नृत्य विभिन्न हास्य कला सहितको कार्यक्रम हुने सुनसरी युबा सभाले जानकारी दिएको छ ।

कार्यक्रम सुनसरीको धरानको लोकतान्त्रिक चोकमा हुने छ । साँझा ४:३० बजे देखि हुने बलिहाङ पर्बको समापन कार्यक्रममा सुनसरी र मोरङ जिल्लाका स्थानिय नेता कार्यकर्ताको बाक्लो उपस्तिथि रहने जनाइएको छ । साथै मंगोल प्रेमी बुबाआमा दाजुभाइ र दिदिबहिनीहरुमा उपस्थित भैइ कार्यक्रमको सोभा बढाई दिनु हुन आह्वान पनि गरेको छ ।

समापन कार्यक्रममा केन्द्रिय नेतागण , भुपु सैनिक सभा , प्रदेशको नेतागण , जिल्लाका नेतागण , नारी सभाका , मजदुर सभा लगायत र स्थानिय सामाजिक अभियान्ताहरुलाई समेत निमन्त्रणा गरिएको जानकारी आयोजक युबा सभाले बताएको छ ।




सम्बन्धित
Loading...