त्रिपिटक पूजाबाट २५ लाख संकलन

6

कमला राना





कावासोती । कावासोती ३ मा रहेको बरचुली बौद्ध गुम्बामा आयोजना गरिएको विश्वशान्ति त्रिपिटक महापूजाबाट २५ लाख आर्थिक संकलन भएको छ ।

महापूजा शुक्रबार सकिएको हो । मंसिर १ गतेदेखि ७ गतेसम्म चलेको त्रिपिटक महापूजाबाट २५ लाख संकलन भएको आयोजकले जनाएको छ ।




कार्यक्रमको समापन गर्दै स्थानीय विकास मन्त्रालयका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले नेपालमा भएका सम्पूर्ण मठमन्दिर, गुम्वा कसैको निजि सम्पति नभई साझा सम्पति भएकाले यसको संरक्षण र सम्वद्र्धन गर्न सवै लाग्नुपर्नेमा जोड दिए ।

उनले नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक रहेको बताउँदै धार्मिक र सांस्कृतिक विविधताले रङ्गिएको मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कावासोती ३ मा रहेको यस गुम्बालाई बौद्ध धर्मावलम्बीहरुको धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा नेपालकै नमुनाको रुपमा निर्माण गर्ने उद्देश्यले महापुजाको आयोजना गरिएको अध्यक्ष गोपी गुरुङले बताए ।

त्रिपिटक श्रवणबाट मन, वचन, कर्मले अज्ञानमा भएका कुकर्महरु शुद्ध हुने बिश्वास गरिन्छ । यस महापुजामा बौद्ध धर्मग्रन्थको १०८ ठेली पुस्तक १०१ जना लामा गुरुहरुबाट बाचन गरिएको थियो ।




सम्बन्धित
Loading...