बर्षिकोत्सवका अबसरमा अन्न तथा फलफुल दान

0

बर्षिकोत्सवका अबसरमा अन्न तथा फलफुल दान कावासोती ८ मंसिर २०७५ सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जले आफ्नो बार्षिकोत्सवका अबसरमा कावासोती पिठौंली स्थित लक्ष्मीनारायण बृद्धाश्रम र राधाकृष्ण मन्दिर पिठौलीमा रहेका बृद्धाबृद्धाहरुलाई अन्न तथा फलफुल वितरण गरेको छ ।



हरेक बार्षिकोत्सवका अबसरमा बिभिन्न सामाजिक कार्य गर्दे आईरहेको रेडियोले यस बर्ष बृद्धाश्रममा पुगेर अन्न तथा फुल वितरण गरेको हो । अन्न तथा फलफुल वितरण कार्यक्रममा बोल्दै रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्ज संचालक समितिका अध्यक्ष कुलप्रसाद भुषालले रेडियोको बार्षिकोत्सवका अबसरमा सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो । उहाले रेडियोले समाज केन्द्रित बिभिन्न कार्यक्रमहरु गर्दे आईरहेको बताउनुहुदैं आगामी दिनमा पनि बिभिन्न समुदाय केन्द्रीत कार्यक्रमहरु संचालन गर्दे जाने बताउनुभयो । कार्यक्रममा लक्ष्मीनारायण मन्दिर बृद्धाश्रमका अध्यक्ष तिर्थशरण भण्डारीले रेडियोले बार्षिकोत्सवका अबसरमा गरेको सहयोगले आफुहरुलाई खुशी लागेको बताउनुभयो ।

उहाले मन्दिर तथा बृद्धाश्रमलाइ अन्य संघ संस्थाबाट यस्तै सहयोग भए आगामी दिनमा मन्दिरलाई अगाडी बढाउन सहज हुने बताउनुभयो । सोही कार्यक्रममा उपस्थित ८९ बर्षीय बृद्ध टिकाराम गौतमले रेडियोले गरेको सहयोगको प्रशंशा गर्नुभयो । उहाल यस्ता सहयोगले आफुहरुको जिवनयापन सहज भएको भनदैं धन्यवाद दिनुभयो ।



सो कार्यक्रममा सामुदायिक रेडियो मध्यविन्दु एफएमका उपाध्यक्ष जगन्नाथ पराजुली , महासचिव पुरुषोत्तम पोख्रेल ,सदस्य कर्नेल धन बहादुर मास्कीराना रेडियोमा कार्यरत कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा मन्दिरका सचिव दिपक सोती ले सहयोग गरेकोमा रेडियो परिवारलाई धन्यवाद दिनुभएको थियो भने कार्यक्रमको संचालन रेडियो मध्यविन्दुका स्टेशन म्यानेजर आषिष रेग्मीले गर्नुभएको थियो । बि.स. २०६५ सालमा स्थापित सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्ज आजबाट १० औं बर्ष पुरा गरि ११ औं बर्षमा प्रवेश गरेको हो ।



सम्बन्धित
Loading...