नगरप्रमुख विरुद्ध वडाध्यक्षहरु आन्दोलित

1

गोपी ज्ञवाली
नवलपरासी ।




पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नगरप्रमुख र वडाध्यक्षहरुबीचको विवाद चुलिएको छ । पछिल्लो समय नगरपालिकाले सचिवहरुलाई हेरफेर गर्दै फरकफरक वडा कार्यालयमा सरुवा गरेपछि विवाद चर्किएको हो ।
नगरप्रमुखले मनोमानी ढंगले नगरपालिका संचालन गरेको भन्दै वडाध्यक्षहरुले आरोप लगाएका छन्। नगरप्रमुखको कार्यप्रति असन्तुष्ट बनेका वडाध्यक्षहरु नगरप्रमुखकै विरोधमा उत्रिएका छन्। वडाध्यक्षहरुले नगरप्रमुख, उपप्रमुख र प्रमुखप्रशासकीय अधिकृत मिलेर गरेको सरुवालाई अस्वीकार गर्दै वडासचिवहरुलाई वडा कार्यालयमा हाजिर हुनबाट समेत रोकेका छन् ।
नगरपालिकामा बजेट बाँडफाँडबाट हुँदै ठेक्कापट्टाबाट शुरु भएको विवाद अहिले थप चर्किएको हो । वडाध्यक्षहरुले नगरप्रमुखले समस्या हल गर्नका लागि कार्यपालिकामा छलफलमै नलगी आफूखुसी मनोमानी ढंगले निर्णय गर्ने गरेको आरोप लगाएका छन् । कर्मचारी हेरफेर जस्ता ससाना कामदेखि लिएर ठूला योजनाहरुसम्म नगर प्रमुखले हस्ताक्षेप गरि एकल निर्णय लिने गरेको भन्दै सुनवल नगरपालिकाका वडा अध्यक्षहरु सामुहिक रुपमा विरोधमा उत्रिएका हुन् ।
वडाध्यक्षहरुले नगरप्रमुख भीमबहादुर थापाले प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा विधिविहिन तरिकाबाट नगरपालिका सञ्चालन गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको सुनवल नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष थम्मन सिंह नेपालीले बताए ।
नगरपालिका भित्र भएको समस्याको समाधान नगरको कार्यपालिकाको बैठकमा पेश गरी छलफलबाट हल गर्नुको सट्टा नगरप्रमुख थापा र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले नगरपालिकाका वडाध्यक्ष तथा अन्य सदस्यहरुलाई दबाब दिएर जबरजस्त गर्न खोजेपछि विरोधमा उत्रिनु परेको वडा अध्यक्ष नेपालीले बताए ।
नगरपालिकाका प्रमुखले नगरका जुनसुकै कामहरु विधिसंगत ढंगले नभई व्यक्तिवादी एवं हैकमवादी तरिकाले गर्न थालेको सुनवल वडा नम्बर २ का अध्यक्ष राजेन्द्र यादवले बताए ।
त्यस्तै विभिन्न विषयगत समितिका प्रमुख एवं अन्य जनप्रतिनिधीको संलग्नता विना नै अपारदर्शी तरिकाले नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले काम गर्ने गरेको, बारम्बार यसो नगर्न सुझाव दिंदा समेत अवज्ञा गरेपछि आपूmहरु विरोधमा आउनु परेको वडा नम्बर २ का अध्यक्ष यादवले बताए। नगरपालिकाको कार्यशैलीको विरोधमा सुनवल नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष बिन प्रसाद बुढाथोकी, २ का वडाध्यक्ष राजेन्द्र यादव, ४ का वडाध्यक्ष बिरबहादुर गुरुङ, ५ का वडाध्यक्ष थमन सिंह नेपाली, ८ का वडाध्यक्ष निलकन्ठ गैरे, ७ का वडाध्यक्ष बसन्तराज दाहाल, ९ का वडाध्यक्ष कन्हैया थारु, १० का वडाध्यक्ष शेषकान्त अधिकारी, १३ का वडाअध्यक्ष कृष्ण देवकोटा लगायतले पत्रकार सम्मेलन नै गरी समस्या सार्वजनिक गरेका थिए ।
नगरपालिका कार्यालयमा समस्या विभिन्न समयमा हुने गरेको भए पनि समस्याको समाधान कार्यपालिकामा लगेर छलफलबाट समस्याको समाधान गरिने अपेक्षा सहित वडा अक्ष्यक्षहरुले भित्री रुपमा विरोध गर्दै आएको भए पनि पछिल्लो करिब एक महिना पहिला कुनै पनि समिती, उपसमिती वा जनप्रतिनिधीलाई जानकारी वा परामर्श नै नगरि नगरपालिकाका कर्मचारीहरुको सरुवा गरिए पछि कतिपय वडाहरुमा अध्यक्षहरुले वडा सचिवलाई वडा कार्यालयमा हाजिरी गर्न दिएका छैनन्।
अहिले नगरपालिकाका विभिन्न समस्यालाई लिएर भएको विवादले गर्दा सुनवल नगरपालिका कर्यालय दुई भागमा विभाजित भएको छ। जसमा एकातर्फ नगरप्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकिय अधिकृत रहेका छन भने अर्का तर्फ नौ वटा वडाका अध्यक्ष सहित केही कर्मचारीहरु रहेका छन्।
गत असोज २८ गते नगरपालिका प्रशासनले सवै वडाका सचिवलाई एकैपटक विभिन्न स्थानमा सरुवा गरेको थियो । तर ती वडाका वडाध्यक्षहरुले प्रशासनले एकलौटी रुपमा सचिव सरुवा गरेको भन्दै वडा नम्बर ३, ४, ६ र ११ बाहेक अन्य वडाहरुमा सचिवलाई हाजिर गर्न नदिए पछि कतिपय वडाहरुमा सेवा समेत प्रभावित भएको छ। ति वडासचिवहरुले अहिले पनि वडा कार्यालयमा नभई नगर कार्यालयमा हाजिर गर्दै आएका छन्।
नगरपालिका कार्यालय पूर्ण रुपमा नियम र नीतिमा रहेर सञ्चालन भएको तर वडा अध्यक्षहरुले आपूmखुसी रोजेका सचिवहरुको माग गरे पछि कार्यालयमा समस्या आएको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताए । नगरपालिका भित्र रहेका कर्मचारीको सरुवा वा हेरफेर गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले आफुलाई अधिकार दिएको प्रमुख प्रशासनिक अधिकृत रामलाल श्रेष्ठले बताए । कर्मचारीको विषयमा कुनै जनप्रतिनिधीहरुलाई आपूmले सोध्नु नपर्ने र आवश्यकता अनुसार सचिवहरुको सरुवा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए ।




सम्बन्धित
Loading...