पार्टीलाई संघर्षमा होम्न मोहन वैद्यलाई सल्लाहाकारको सुझाव

4

रामकुमार श्रेष्ठ
नवलपरासी, ८ मंसिर




नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सल्लाहाकार सदस्यहरुको वैठक बर्दघाटमा भएको छ । नवलपरासीको बर्दघाटमा शनिबारदेखि जारी वैठकमा सल्लाहाकारहरुले राखेको सुझावमा पार्टी महासचिव मोहन बैद्य किरणले जवाफ दिन शुरु गरेका छन् ।
वैठक राति अबेरसम्म चल्ने जनाएका छन् ।
स्रोतका अनुसार वैठकमा सहभागी केन्द्रिय सल्लाहाकारहरुले संघर्ष विना पार्टी जीवन्त राख्न गाह्रो हुने भन्दै पार्टीलाई संघर्षमा होम्न सुझाव दिएका थिए ।
३१ सदस्यीय केन्द्रिय सल्लाहाकार समितिको वैठकमा सहभागी सल्लाहाकारहरुले सुझाव राख्ने र अध्यक्षले जवाफ दिने क्रम राति अबेरसम्म चल्ने छ ।
बर्दघाटमा भएको वैठकमा सहभागी सल्लाहाकारहरुले पार्टीलाई संघर्षमा होम्न सुझाव दिएको सहभागीहरुले बताएका छन् ।







सम्बन्धित
Loading...