सांसद तिलक महतको क्षेत्रमा यस्ता छन् चार करोडका , बीस योजना

5




कावासोती,मंसिर ८ ।

संघीय सांसद क्षेत्र विकास कोष अन्तरगत नवलपरासी पूर्व नवलपुर क्षेत्र नम्बर दुईमा २० वटा योजना छनौट गरिएको छ । योजना छनौट गर्न सांसद विकास कोषमा प्रत्येक सांसद्का लागि रु चार करोड विनियोजन गरिएको छ । सोही विनियोजित रकम मध्य नवलपुर क्षेत्र नम्बर दुईमा बीसवटा योजना छनौट गरिएको छ ।




छनौट गरिएका योजनाहरुमा सडक ,खोला तटवन्धन,विद्यालयका भवन निर्माण,अस्पतालमा ‘आईसीयु कक्ष’ ,खेलमैदान,कभर्डहल निर्माण ,दलित वस्तीमा विद्युतीकरण विस्तार लगाएतका रहेकाछन् ।

विनियोजित रकममध्य रु पचास लाख बढीका दुई योजना हुनुपर्ने प्रावाधान रहेको छ । दुई ठुला योजनामामा विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर छ र सातमा पर्ने गुल्लर खोला–टिकाराम खोला–अम्चुरा खोला तटबन्धन र मध्यविन्दु नगरपालिका १४ मा पर्ने अरुणखोला –दमार –मित्याल–रामपुर सडक निमार्ण परेका छन् । दुवै योजनाका लागि रु ५०÷५० लाख विनियोजन गरिएको हो ।

अन्य योजनाहरुमा विनयी त्रिवेणी गाउँपालिकामा दुम्किवास थमाली टोल सडकका लागि रु १७ लाख,एक्सेसाल देखी चिसापानी हुदै धुरकोट सडककालागि रु १७ लाख विनियोजन गरिएको हो ।

मध्यविन्दु नगरपालिका अन्र्तगत भिठ्ठा –टिकुलीटार–तल्लो भिउरान सडकका लागि रु २७ लाख ,राँकाचुलीमा विद्युतिकरणका लागि रु १० लाख, मध्यविन्दु दुई शितलचोक दखी बुद्धचोक सडकका लागि रु ११ लाख, सरस्वती मावी मैनाघाटको भौतीक पूर्वाधार निर्माणकालागि रु ११ लाख विनियोजन गरिएको हो ।

हुप्सेकोट गाउँपालिका अन्र्तगत झ्यालवास–बुद्धचोक,जुकेपानी – हसौरा सडकका लागि रु तीसलाख, गुरुँघाट –लाखनी–तल्लो रुम्से सडकका लागि रु ११ लाख , शिक्षा वोधनी मावीको भवन निर्माणमा रु १० लाख विनियोजन गरिएको सांसद् तिलक महतले जानकारी दिए ।

बौदिकाली गाउँपालिकामा सांसद् क्षेत्र विकास कोषको योजना अन्र्तगत नारी भञ्या¨–रिठ्ठे–चारडाडा–कुवाकोट–राईका–बाझोवारी सडकका लागि रु १७ लाख, फलाम खानी–ल्हापे–माझडाँडा–नगरडाँडा–डेढगाउँ सडककालागि रु १७ लाख, बवोक–चापाभञ्याङ्क–हर्वले – मिनामकोट–झरेकडाँडा–पोखरीछाप सडककालागि रु १७ र बौदिकालीमा रहेको दलित वस्तीमा विद्युतिकरणकालागि रु १० लाख विनियोजन गरिएको हो ।

कावासोती नगरपालिकामा त्रिभुवन वाल मावि ढोकीको विज्ञान भवन निर्माणमा रु २० लाख, पुरानो कावासोती देखी भैरवथान सडकमा रु २० लाख, मध्यविन्दु सामुदायिक अस्पतालमा आईसियु कक्ष निर्माण र शहिद स्मृती महिला सामुदायिक महिला अध्यनकेन्द्रको भवन निर्माणमा रु १०÷१० लाख विनियोजन गरिएको हो ।

यसैगरि नवजागर खेलमैदान,समुदायमा आधारित अपागं पुर्नस्थापना,रमा स्मृती कभर्डहल,कुसेण्डे खेल मैदान व्यवस्थापनकालागि रु ३५ लाख विनियोजन गरिएको सांसद महतले जानकारी दिनुभयो । छनौट गरिएका योजना मङ्सिर महिनाबाटनै कार्यान्वयनको चरणमा जाने बताए ।




सम्बन्धित
Loading...