प्रचण्डलाई गालीगलौज गरेको आरोपमा पक्राउ

0




भरतपुर । रामबहादुर रिमाललाई चितवन प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ ।

भरतपुर २३, कृष्णचोकमा गत ६ गते बिहीबार बिहान पार्टी प्रवेश कार्यक्रममा नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुकुरी प्रहार भएको भन्ने घटनामा रिमालको संलग्नताबारे थप सोधपुछका लागि रिमाललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।




रिमालले भने आफूले प्रचण्डलाई भेट्न खोजेको र भेट्न नदिएपछि मादक पदार्थ सेवन गरेको अवस्थामा जथाभावी बोलेको प्रहरीसँग बताएका छन् ।

साथै, उनले त्यस अवस्थामा आफूसँग कुनै हतियार नभएको समेत बताएको प्रहरीले जनाएको छ । प्रचण्डमाथि खुकुरी प्रहार भनी केही अनलाइन माध्यममा समाचार आएपछि प्रचण्डको सचिवालयले झूटो प्रचार भनी खण्डन गरेको थियो भनि चितवन पोष्टले खबर प्रकाशित गरेको छ ।




सम्बन्धित
Loading...