अनिल कपूरको डायलग बोलेपछि पाकिस्तानको पंजाबका एक इन्स्पेक्टर निलम्बन

6

नवलपुर , मंसिर




बीबीसी

पाकिस्तानको पंजाब प्रान्तको पाकपत्तनमा सोसल मिडियामा भाइरल भइरहेको भिडियोका कारण एक इन्स्पेक्टर निलम्बनमा परेका छन् ।




भिडियोमा ती पुलिसकर्मीले हिन्दी फिल्मको डायलग बोलिरहेको देख्न सकिन्छ ।

स्थानीय थानाका इन्स्पेक्टर मोहम्मद अरशद शाहले पुलिसको पोसाकमा उक्त डायलग बोलेका कारण उनीमाथि कारवाही गरिएको बताइएको छ ।

पुलिसका प्रवक्ता मोहम्मद आसिफले बीबीसीलाई भने, ‘मंगलबार दुईवटा भिडियो सार्वजनिक भए जसमध्ये एउटामा मोहम्मद अरशद शाह छन् भने अर्कोमा एक पूर्व पुलिसकर्मी देखिएका छन् ।’

पुलिस प्रवक्ताका अनुसार मोहम्मद अरशदले पुलिसको पोसाकमा यी सब गर्नु नियम विपरित हो त्यसकारण उनलाई निलम्बित गरिएको हो । उनलाई सात दिनभित्र आफ्नो पक्ष राख्न भनिएको छ ।

भिडियोमा अरशदले सन् २०१३ मा रिलिज भएको फिल्म ‘सुटआउट एट वडाला’ मा अनिल कपूरको डायलग ‘दो वक्तकी रोटी कमाता हुँ, पाँच वक्तको नमाज पढ्ता हुँ।।। यससे ज्यादा मेरी जरुरत नही र मुझे खरिदने की तेरी औकात नहीं।।।’ मा अभिनय गरिरहेको देख्न सकिन्छ ।

एक नीजि च्यानलसँगको कुराकानीमा इन्सपेक्टर मोहम्मद अरशदले दिएको जानकारी अनुसार उनका भतिजाले टिकटक एपमा भिडियो बनाएर सोसल मिडियामा हालिदिए पछि भाइरल भयो ।

पुलिसका अनुसार अर्को भिडियोमा एक पूर्व पुलिस अधिकारी देखिएका छन्, त्यो करिब दुईवर्ष पुरानो हो । यसमा पूर्व डिएसपी अमजद नाचिरहेका देखिएका छन् ।

यसअघि मार्चमा पनि एक पुलिस अधिकारी नाचिरहेको भिडियो भाइरल भएको थियो । यसमा पुलिसले अनुसन्धान गर्नुपरेको थियो ।




सम्बन्धित
Loading...