ad

हात्तीले ज्यान लिएपछि वडाध्यक्षसहित स्थानीय सडकमा, ठोरी–माडी सडकखण्ड बन्द

0 121

१३ मंसिर, चितवन ।


चितवन राष्ट्रिय निकुञ्जको हात्तीले दुई जना महिलाको ज्यान लिएपछि स्थानीयबासीले ठोरी–माडी सडकखण्ड बिहीबार बिहानबाट बन्द गराएका छन् ।आन्दोलनमा माडी नगरपालिका–९ का अध्यक्ष शिवहरि सुवेदी नै उत्रिएका छन् ।उनले निकुञ्जका जंगली जनावरको आक्रमणबाट पटक–पटक मानवीय क्षति हुने गरेको भन्दै यस्ता घटना नदोहोरिने ग्यारेन्टी नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले यस विषयमा सरकार, निकुञ्ज प्रशासनलगायतको ठोस योजना र प्रतिबद्धता माग गरेका छन् ।



स्थानीयबासीले सडकमा उत्रिएर सार्वजनिक गाडीहरु चल्न दिएका छैनन् । तर, एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी साधनलाई भने अवरोध पुर्‍याइएको छैन ।

मंगलबार निकुञ्ज नजिकैको खेतमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया कृष्णकली पौडेल जैसी र अन्दाजी ३०–३२ वर्षीया सुशीला भण्डारीको मृत्यु भएको थियो ।



You might also like
Loading...