पाचौ दिनसम्म साढे २ करोड संकलन

0




त्रिभुवन बाल माबी कावासोती १७ ढोकीमा जारी धनधान्याचल ज्ञान महायज्ञको पाचौ दिनसम्म सस्थागत रकम बाहेक साढे २ करोड संकलन भएको छ ।

स्वर्ण महोत्सवमा भुमिदान र नगद दान गर्नै दानविरहरुको धुईचो लागेको छ । आज सर्वा्धिक दान गर्नुहुने कावासोती १७ निवासि हरिलाल गिरिवाट १८ लाख ५५ हजार ५ सय ५५ वरावरको २ कटठा जग्गा भुमिदान गनर्’ भएको छ । दानविरहरुको चापलाई दिनमा मात्र थाम्न नसकेपछि सन्ध्याकालिन समयमा समेत दान रकम धोषणा गर्न थालेको आर्थिक उप समिति सयोजक हरि शकर पराजुलिले जानकारी दिनुभयो ।




धनधान्याचल मा महोल तात्दै जादा भुमिदान गर्ने हरुको सख्या समेत ह्वातै बढेको छ । आज पुर्व विधार्थीहरुलाइ सम्मान समेत गरिएको छ । विधालयको विज्ञान सकाय भवन निर्माणका लागी आयोजना गरिएको महायज्ञमा विध्यालयले ५ करोड सकलन गर्ने लक्ष्य लियको छ । आज सम्म साढे ६ सय मुरिधान सङ्कलन भईसकेको आर्थिक समितिले जनाएको छ ।

महायज्ञमा नेपालका प्रथम ऐतिहासिक जगदगुरु अनन्त श्री बिभुसित बालसन्त मोहनशरण देवाचार्यको करकमलमा प्रमुख बाचक अच्युत शरण लम्सालको मुखारबिन्दबाट कथा वाचन भैरहेको छ । दैनिक रुपमा भजन कृतन हुनुको साथै सास्कृति कार्यक्रम पनि भइरहेको छ । धनधान्याचल ज्ञान महायज्ञमा महायज्ञ मङ्सिर १९ गतेसम्म चल्नेछ।




सम्बन्धित
Loading...