परासी महोत्सवः अपमान गर्ने आयोजक प्रचारका लागि पत्रकारसंग झुके

0 101

दाउन्ने न्यूज




उद्घाटन कार्यक्रमको तस्वीरः (फोटो साभार रबिन्द्र यादवको फेसबुकबाट)

परासी । भारतीय पत्रकारलाई सम्मान गरेको तर नेपाली पत्रकारलाई भने अपमान गरेको भन्दै उद्घाटनकै दिन विवादमा आएको पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित महोत्सवमा दोस्रो दिन दर्शकहरुको सहभागिता शून्य भएपछि प्रचारप्रसारका लागि पत्रकारलाई गुहारिएको छ ।
शनिबार परासीमा आयोजक उद्योग वाणिज्य संघ नवलपरासीले पत्रकार सम्मेलन गरी व्यापक प्रचारप्रसार गरिदिन आग्रह गरेका हुन् ।
पत्रकार सम्मेलनमा सहभागी केही पत्रकारहरुले अघिल्लो बर्षको प्रचारप्रसारको भुक्तानमा पनि कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै अघिल्लो बर्षको भुक्तान नपाएसम्म प्रचार प्रसार नगर्ने बताएका थिए ।
परासीमा १३ मंसिरबाट शुरु भएको महोत्सव २३ मंसिरसम्म चल्ने छ । उद्घाटनको दिन पनि खासै दर्शकको सहभागिता नरहेको महोत्सवमा दोस्रो दिन पनि सहभागिता कम भएपछि तेस्रो दिन आयोजकले पत्रकारसम्मेलन नै गरी प्रचारप्रसार व्यापक बनाइदिन आग्रह गरेका थिए ।  




नवलपरासी औद्योगिक व्यापार मेला २०७५ नाम दिइएको उक्त महोत्सव जिल्ला समन्वय समितिको नयाँ कम्पाउण्ड रामग्राम नगरपालिका ४ मा भईरहेको छ ।



सम्बन्धित
Loading...
error: Content is protected !!