नवलपुरमा स्कुटी दुर्घटना, प्रदेश सांसदका छोराको मृत्यु


१९ मंसिर, कावासोती । नवलपुरको प्रगतिनगरमा भएको स्कुटी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।




 

ना ३२ प ८३९० नम्बरको स्कुटी पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका–१५ मा गएराति दुर्घटना हुँदा त्यसमा सवार कावासोती नगरपालिका– ८ का नवीनराज गौतमको मृत्यु भएको हो ।




दुर्घटनामा घाइते गौतमलाई चितवनको भरतपुर अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

गौतम गण्डकी प्रदेशका सांसद् ओमकला गौतमका छोरा हुन् ।

दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...