गाउँसेवा सहकारीको साधारण सभा


रुमबहादुर विर्ता । बौदीकाली  





पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका ४ मा रहेको श्री गाउँसेवा बहुमुखी सहकारी संस्था लि.को १७ औं साधारण सभा शनिबार भएको छ ।
संस्थाका अध्यक्ष मनबहादुर सारुको अध्यक्षतामा भएको साधारण सभाको बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले उद्घाटन गरेका थिए।
संस्थाको लेखा समितिका सदस्य हुमबहादुर विकले सञ्चालन गरेको कार्यक्रममा लेखा समिति सदस्य तारा थनेतले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा सचिव झविलाल चुहानले आर्थिक बर्ष २०७४÷७५ को ५ लाख ८८ हजार ७ सय ३ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन पेश गरेका थिए।
साधारण सभामा बौदीकाली २ का वडा अध्यक्ष बालप्रसाद ठाडा, समाजसेवी रेशमलाल थापा, प्रधानाध्यापक लोकबहादुर गाहा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाले यस




आर्थिक बर्षमा उत्कृष्ट शेयर सदस्य तुलसी माकिम, असल ऋणी डिलबहादुर थापा, वृद्ध वचतकर्ता हिमा चुहान, धेरै वचत गर्नेबाट गगन सिंह कानु· मगर र नियमित वचत गर्ने समूह शिर पोखरी वचत समूहलाई सम्मान पत्रले सम्मान गरेको थियो ।




सम्बन्धित
Loading...