नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश ३ को अध्यक्षमा खनाल








अर्जुन अविरल । चितवन 




नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश नं. ३ को अध्यक्षमा किरण कुमार खनाल विजयी भएका छन् ।
अधिवेशनमा अध्यक्ष र सहसचिव बाहेक अरू पद निर्विरोध चयन भएका थिए । अध्यक्ष पदमा किरणकुमार खनाल र पुष्पराज पौडेलको उम्मेदवारी परेकोमा खनाल विजयी भएका हुन् ।
त्यस्तै सहसचिवमा महेश रेग्मी र किशोर पौडेलको उम्मेदवारी परेकोमा महेश रेग्मी विजयी भएका छन् ।
प्रथम उपाध्यक्षमा तुलसी अधिकारी (धादिङ), द्वितीय उपाध्यक्षमा रमेश ढुङ्गेल (रामेछाप), सचिवमा विश्वराम टोयटा (भक्तपुर), कोषाध्यक्षमा सुबिन मानन्धर (काभ्रे) निविरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा हरिप्रसाद पौडेल चितवन, जितेन्द्र श्रेष्ठ दोलखा, शकुन्तला आचार्य दोलखा, कुमार लामिछाने रसुवा, तुलसीराम महर्जन ललितपुर, खगेन्द्र पौडेल काठमाडौं, डिल्लीप्रसाद अधिकारी सिन्धुपाल्चोक, ज्ञानेन्द्र शाक्य काभ्रे, नरेन्द्र ढकाल भक्तपुर, बिनय दाहाल सिन्धुली, बासुदेव गजुरेल नुवाकोट, दयाराम लम्साल धादिङ, बासु न्यौपाने मकवानपुर, कोपिला पौडेल सिन्धुली निर्विरोध निर्वाचित भएका छन् ।


अधिवेशन नारायणगढको प्रभा पार्टी प्यालेसमा भएको हो । शनिबार मतदान सकिएसँगै शुरु भएको मतगणना आइतबार सकिएको हो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, प्रदेश नं. ३ को प्रथम अधिवेशन चितवनमा भएको हो । अधिवेशनमा प्रदेश नम्बर ३ को १३ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश नंं ३ का संयोजक तथा केन्द्रीय द्वितीय उपाध्यक्षको अध्यक्षता भएको अधिवेशनको केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालले उद्घाटन गरेका थिए ।




सम्बन्धित
Loading...